STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ फाल्गुण २७, बिहिबार

    चैत दोस्रो साताबाट काठमाडौंको घरघरमा मेलम्चीको पानी

    काठमाडौं - मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो ।अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन...

  • २०७७ फाल्गुण २६, बुधबार

    भोलिकाे शिवरात्रीकाे लागि यस्ता छन् व्यवस्था

    काठमाडौं - यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबारआयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल...

  • २०७७ फाल्गुण २५, मंगलबार

    ललितपुरकाे कुमारी घरकाे पुनर्निर्माण भारतले गरिदिने

    काठमाडौँ - ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निमाण हुने भएको हो । मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरे । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भुकम्प पश्चात क्षतिग्रस्त...

  • २०७७ फाल्गुण २३, आइतबार

    महिला सशक्तिकरणको अवरोधको कारण विद्यमान पितृसत्तात्मक सोच

    नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनु...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    फागुन २४ गते खबरदारी सभा, २८ गते प्रतिरोध सभा

    काठमाडौं – काठमाडौंको बालाजुमा यही फागुन २४ गते खबरदारी सभा गरिने भएको छ । विकासको नाममा विस्थापित भएकाहरुको पुनस्र्थापनाको नारा दिँदै सो खबरदारी सभा हुन लागेको हो । दिउँसो २ बजे हुने उक्त सभामा नेवार अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, मातृभाषा बोलेको निहुँमा प्रहरीले पक्राउ गरेको विरोधमा फागुन २८ गते ललितपुरको मंगलबजारमा प्रतिरोध सभा हुने भएको छ ।केही दिनअघि उपत्यका सडक विस्तार...

  • २०७७ फाल्गुण १९, बुधबार

    काठमाडौँ उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन

    –सञ्चिता घिमिरे  काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न हुने गरेको छ । ढलको निर्माण फरकफरक...

  • २०७७ फाल्गुण १९, बुधबार

    महिला उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

    ललितपुर महानगरपालिका, वडा नं. २९ ले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिमले लाभ पुगेको वडा अध्यक्ष गणेशकुमार महर्जनले बताएका छन् । तालिमको समापन समारोहका प्रमुख अतिथि महर्जनले वडाका सबै सक्रिय भइदिनु भनेकै वडा सक्रिय हुनु हो भन्दै सक्रिय बनाउन आवश्यक तालिम तथा कार्यक्रमहरुको आयोजनामा आफू सँधै प्रतिवद्ध रहने बताए । कार्यक्रमका विशेष अतिथि इन्द्रदेवी महर्जनले सबैको मन्तब्य र कार्यक्रम...

  • २०७७ फाल्गुण १८, मंगलबार

    बालाजुबाट पक्राउ परेका अभियन्ताहरु छुटे, ईन्द्रचोकमा मैनबत्ती बाल्दै स्वागत

    काठमाडौं – बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेका सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै सम्पदा अभियन्ताहरु रिहा भएका छन् । उनीहरुको रिहाइको स्वागत गर्न ईन्द्रचोकमा मैनबत्ती बाल्दै एक कार्यक्रमको आयोजना पनि गरिएको छ । सम्पदा अभियन्ताहरुले आफ्नै मातृभाषा नेपालभाषाबाट बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेका थिए । ईन्द्रचोकको स्वागत कार्यक्रममा ‘मेरो भाषा...

  • २०७७ फाल्गुण १७, सोमबार

    शिवरात्रिदेखि पशुपतिनाथ दिनभर खुला रहने

    काठमाडौँ । पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो । चैत ११ गते लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भएको थियो ।...

  • २०७७ फाल्गुण १६, आइतबार

    अन्यायपूर्ण सडक बिस्तारबाट पीडितले महानगरपालिका घेरे

    काठमाडौँ – सडक विस्तारको नाममा बालाजुमा घर भत्काउने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने काम गरेको भन्दै स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । बृहत नागरिक आन्दोलन अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार सडक विस्तारको नाउँमा बालाजुमा जनताको घर गैरकानूनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फुल फुलाउने कामको विरोधमा...

  • २०७७ फाल्गुण १६, आइतबार

    सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ

    मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गर्नुभयो ।     सांस्कृतिक सम्पदा क्षेत्रको...

  • २०७७ फाल्गुण १६, आइतबार

    आज १० देखि १२ बजेसम्म कालिमाटी क्षेत्र बन्द

    काठमाडाैं – सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन मानन्धरलगायत आठजनालाई प्रहरीले हिरासतमा लिएको विरोधमा आज आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म कामपा १३ वडा कालिमाटी क्षेत्र बन्द घोषणा गरिएको छ । सडक विस्तार पीडित संघर्ष समितिले यसअघि शनिबार कालिमाटी क्षेत्रमा विरोध जुलुस निकालेर बन्दको घोषणा गरेको थियो ।गत बुधबार बालाजु बाइसपासमा सडक विस्तारको विरोधमा उत्रिएका अभियन्ताहरुलाई  जबर्जस्ती...

Pages