उपत्यका
-
२०७७ चैत्र १०, मंगलबार
पिनाकल ट्रेनिङ एकेडेमीको दस दिने उदघोषण सम्पन्न
पिनाकल ट्रेनिङ एकेडेमीले ललितपुर महानगरपालिका वडा नं. ५ को सहयोगमा आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । वडा ५ का महिला समूहका पदाधिकारी एवं सदस्यहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले आयोजना गरेको उक्त तालिममा संचारकर्मी सुरजबीर बज्राचार्यले प्रशिक्षण दिएका थिए । उक्त तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । एकेडेमीका...
-
२०७७ चैत्र ७, शनिबार
शनिबार राजधानी यी स्थानमा बिजुली कटौती हुने
नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली कटौती हुने...
-
२०७७ चैत्र ६, शुक्रबार
काठमाडाैंका यी क्षेत्रहरुमा आज तीन घण्टा बत्ती जाने
काठमाडौँ - काठमाडौँको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम...
-
२०७७ चैत्र ६, शुक्रबार
पशुपति पुननिर्माणमा कंक्रिट प्रयोग गरिएपछि काम रोक्न अभियन्ताहरुको माग
काठमाडौँ - विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा भइरहेको पुननिर्माण रोक्न सम्पदा अभियन्ताहरूले माग राखेका छन्। २०७२ को भुइँचालोले क्षति पुर्याएको सम्पदा क्षेत्रमा पुननिर्माण गर्दा जथाभावी कंक्रिट प्रयोग गरिएकाले तुरून्त काम रोक्न उनीहरूले माग राखेका हुन्। यही विषयमा ध्यानाकर्षण गर्दै अभियन्ताहरूले गत मंगलबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग...
-
२०७७ चैत्र ४, बुधबार
काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पाँच करोड आर्थिक सहयोग
काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ । कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत...
-
२०७७ चैत्र २, सोमबार
काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो
काठमाडौँ - काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत काम सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिङ्गटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम गरिरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने...
-
२०७७ चैत्र २, सोमबार
नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने
काठमाडाैं - चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा-कलङ्की सडकखण्डमा वृक्षरोपण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको नगरपालिकाले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा-कलङ्की सडकखण्डमा बोटबिरुवा र फूलहरु रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको जानकारी दिए । '...
-
२०७७ चैत्र २, सोमबार
हनुमानढोकाका प्राचीन गरगहना प्रदर्शनीमा
काठमाडौँ - हनुमानढोका दरबार क्षेत्रको ढुकुटी भवनमा प्राचीन एवं मौलिक स्वरुपका गरगहना प्रदर्शनी शुरु भएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको १० औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज प्रदर्शनी उद्घाटन गर्नुभएको हो । विसं २०६८ असार १३ गते हनुमानढोका दरबारस्थित न्हुच्छे चोक र फरासखानाबीचको भवन जीर्णोद्धार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक...
-
२०७७ चैत्र १, आइतबार
हनुमन्ते खोला करिडोरमा डोजर चलेपछि स्थानीयको आपत्ति
भक्तपुर - हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् । आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योग लगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन् । सुर्यविनायक नगरपालिकाले सात...
-
२०७७ चैत्र १, आइतबार
खुलामञ्चमा फेरि डोजर चलाएर बसपार्क समेत हटाउने तयारी
राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ । केही समय अघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आज आइतबार पनि खुलामञ्चमा डोजर चलाएर थप संरचना भत्काएको छ । ...
-
२०७७ फाल्गुण २७, बिहिबार
पत्रकार दबू ललितपुरको साधारणसभामा संस्कृति संरक्षणमा पत्रकारिता विषयक चर्चा
पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको विहीबार जावलाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुल देवता परिसर ताम्रकार समाजमा सम्पन्न आठौं वार्षिक साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन् । सभाको उद्घाटन गर्दै नेवाः पत्रकार...
-
२०७७ फाल्गुण २७, बिहिबार
पशुपतिनाथमा दर्शनार्थीको भीड
काठमाडौँ - महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पूजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । बिहीबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । ११ वटा उपसमिति गठन गरी...


