उपत्यका
-
२०७७ चैत्र २५, बुधबार
नेपालभाषा पढाउन लागेका होइनौँ, माध्यम मात्रै भाषा हो : मेयर शाक्य
काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई सदाकालका लागि जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबु काठमाण्डौं ले महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको छ । उहाँहरुलाई अभिनन्दन गर्नुअघि उहाँहरुलाई...
-
२०७७ चैत्र २४, मंगलबार
बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा
काठमाडौँ - बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो । आइतबार गैडा गणना गरी फर्कने क्रममा हात्तीलाई घाँस काटदै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारुको सोही बाघले...
-
२०७७ चैत्र २४, मंगलबार
भक्तपुरको बिस्केट जात्रा रोक्ने निर्णयप्रति सेतो मछिन्द्रनाथ रथयात्रा समितिको ध्यानाकर्षण
काठमाडौं – यस वर्षका बिस्केट जात्रा रोक्ने भक्तपुर प्रशासनको निर्णयप्रति सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति ११४१, काठमाडौंले ध्यानकर्षण जनाएको छ । कोरोना महामारी फैलिन सक्ने आशंकामा भक्तपुर प्रशासनले यस वर्ष पनि बिस्केट जात्रामा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांस्कृतिक जात्रा पर्व, परम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार...
-
२०७७ चैत्र २४, मंगलबार
काठमाडौं उपत्यका आउनेकाे एन्टिजेन परीक्षण गरिने
काठमाडौं - अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको एन्टिजेन परीक्षण गरिने भएको छ। काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले काठमाडौं आउनेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिने निर्णय गरेको हो। उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।...
-
२०७७ चैत्र २४, मंगलबार
सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने संघसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक...
-
२०७७ चैत्र २३, सोमबार
भक्तपुरको बिस्केट जात्रा यस वर्ष पनि राेकिने
काठमाडौँ - कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिए । उनले भने, ‘रथको पूजा गर्न पाउने तर लिंगो...
-
२०७७ चैत्र २०, शुक्रबार
आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहर उठ्ने
काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो । लामो समयको अवरोधपछि आज...
-
२०७७ चैत्र २०, शुक्रबार
पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित
काठमाडौं÷मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । २० हजार रुपैयाँ राशीसहित स्थापितलाई पुरस्कृत गरिएको हो ।...
-
२०७७ चैत्र १९, बिहिबार
नेवा: पत्रकार राष्ट्रिय दबू येँ जिल्लाको साधारणसभा सम्पन्न
नेवा: पत्रकार राष्ट्रिय दबू येँ (काठमाडौं) जिल्लाको छैठाैं साधारणसभा बुद्धबार सम्पन्न भएको छ। काठमाडौं जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंको सभापतित्वमा लखतिर्थस्थित कार्यालयमा सम्पन्न सभामा दबूका सचिव रत्नकाजी महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै, कोषाध्यक्ष राजेन्द्र मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि का रुपमा उपस्थित नेवा: पत्रकार राष्ट्रिय दबूका...
-
२०७७ चैत्र १८, बुधबार
सूचना केन्द्रले सिङ्गो महानगरको सूचना प्रवाह गर्ने दावी
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बालाजु सुचना केन्द्रबाट सिंगो महानगरको सुचना पाउन सकिने बताउनु भएको छ । उक्त बालाजु बाईपासमा रहने सूचना केन्द्रको आज इक कार्यक्रमको बीच माननीय सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । निर्माणाधिन सुचना केन्द्र निरीक्षण गर्न पुगेका प्रमुख शाक्यले यो सुचना...
-
२०७७ चैत्र १७, मंगलबार
सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरी छाड्ने मेयर शाक्यको भनाई
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरी छाड्ने र त्यति काम पुरा गरेरमात्र मेयर पदबाट विदा हुने विचार व्यक्त गर्नुभएको छ । नेवाः देय् दबू, काठमाडौं जिल्ला समितिले दिएको सम्मान ग्रहण गर्दै महानगर प्रमुख शाक्यले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि स्थानीय...
-
२०७७ चैत्र १७, मंगलबार
सम्पदा क्षेत्रमा भईरहेको व्यापारिक प्रयोजनबारे पुरातत्वको आलटाल
विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौँ महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ । विभागलाई महानगरपालिका ले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गरेको तर, त्यस्ता प्रयोजनहरु हटाउन ढिलासुस्ती...


