STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ बैशाख २५, शनिबार

    काठमाडौ महानगरपालिकाले शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर प्रदान

    काठमाडौं महानगरपालिकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर दिएका छन् । शनिवार महानगर प्रमुख  विद्या सुन्दर  शाक्यले अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेलाई सो भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।  यसबाट  कोभिड संक्रमण उपचारमा केहि सहयोग हुने महानगरको विश्वास रहेको प्रमुख शाक्यले बताए । \ मेयर शाक्यले  सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग...

  • २०७८ बैशाख २४, शुक्रबार

    आनन्दकुटीमा तयार भयो आइशोलेशन

    माननीय सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट यहाँको आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ । आइसोलेसन केन्द्र सञ्चालन बारे जानकारी दिन आज शुक्रबार एक पत्रकार सम्मेलनमा सांसद श्रेष्ठले कार्यक्रमको कूल बजेट मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ बजेट आइसोलेशन सञ्चालनका लागि विनियोजन गरिएको बताएका छन् । उनले कोरोनाको पहिलो लहर चलेकै...

  • २०७८ बैशाख २४, शुक्रबार

    काठमाडौँमा ३ हजार बढी संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् । गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित...

  • २०७८ बैशाख २३, बिहिबार

    सांसद जीवनरामबाट सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

    कोरोना भाइरस (कोभिड -१९)को दाेस्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो । कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्। काठमाडौं उपत्यकामा कोरोनाको...

  • २०७८ बैशाख २१, मंगलबार

    अनधिकृत निर्माण सामाग्री र प्रचार सामाग्री हटाउँदै महानगरपालिका

    काठमाडौँ महानगरपालिका प्रहरी अहिले विकास साझेदारले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउने काममा सक्रियता देखाएको छ । महानगरका ठूला आठ वटा आकाशे पुलमा राखिएका प्रचार सामाग्री महानगरपालिका प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामाग्री उक्काउन कठिन भएकोले रङ्ग पोतेर छोडिएको छ ।   अनधिकृत निर्माण सामाग्री हटाउने क्रममा कलंकीदेखि त्रिपुरेश्वरको मुल सडक, सुन्धारा, नयाँ...

  • २०७८ बैशाख २१, मंगलबार

    कडाइको निर्णयसहित काठमाडौं उपत्यकाको निषेधाज्ञा लम्ब्याइयो

    काठमाडौं - काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिए । बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको...

  • २०७८ बैशाख २१, मंगलबार

    काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

    काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने प्रशासनले जनाएको छ । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ । अब हुने निषेधाज्ञा कसरी कडाइ गर्ने भन्नेबारे दैनिक छलफल भइरहेको छ ।   निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले आज पनि छलफल गर्दैछन्  । काठमाडौं उपत्यकामा पहिलो चरणको...

  • २०७८ बैशाख १९, आइतबार

    गंगालाल हृदय केन्द्रमा आजबाट अक्सिजन उत्पादन सुरु, मेयर शाक्यबाट उद्घाटन

    महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ सहयोग, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने काठमाडौँ ।  काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु भएको छ । ४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने...

  • २०७८ बैशाख १८, शनिबार

    साँखु बजार स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा

    बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ ।  नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको मूल जात्रा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । स्यानिटाइज गरी नाथ सम्प्रदायका योगीे पूजा गरेपछि खटलाई बोकेर साँखु...

  • २०७८ बैशाख १८, शनिबार

    निषेधाज्ञाकाबीच रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै

    काठमाडौं - काठमाण्डौ उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ । यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो । वैशाख १५ गते साइतपूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न...

  • २०७८ बैशाख १७, शुक्रबार

    अनैतिक कार्य गर्ने बासिन्दालाई मात्र वडाबाट दिइने सम्बन्धित मुद्दामा सेवा सुविधा रोक्का : २ वडाध्यक्ष डंगोल

    अब कीर्तिपुरमा गैरकानूनी र नीति नियम विपरीत कार्य गर्ने कालोसूचीमा २०७८ बैशाख ७ गते कीर्तिपुर नगरपालिका २ वडा कार्यालयबाट वडाध्यक्ष रमेशमान डंगोलको हस्ताक्षरसहितको एक सूचना टाँस भएको थियो । उक्त सूचनामा लेखिएको छ, ‘उपरोक्त सम्बन्धमा यस कीर्तिपुर नगरपालिका वडा नं. २ भित्रका विभिन्न टोल तथा बस्तीहरुमा संचालन गरिने विकास निर्माण योजना संचालन तथा कार्यान्वयन गर्ने शीलशीलामा नेपाल सरकार तथा यस...

  • २०७८ बैशाख १७, शुक्रबार

    काठमाडौँमा सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स (चालककाे नाम र नम्बरसहित)

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो । बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, “हामीले सहकार्य गरेको नेपाल...

Pages