STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ कार्तिक २२, शनिबार

    खुलामञ्चमा निःशुल्क खाना खानेहरुलाई लखेट्न खोजेका होइनौं : मेयर शाक्य

    काठमाडाैं – काठमाडौँ महानगर क्षेत्रभित्रका टुंडिखेललगायतका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य भाइटीकाको भोलिपल्टबाट बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफल गरी यस्तो सहमति भएको हो । लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवर्ध्दक वातावरण...

  • २०७७ कार्तिक २२, शनिबार

    गोकर्णेश्वर मन्दिरको छानामा सुन लेपन तीन वर्षदेखि अलपत्र

    date_line: काठमाडौँ, २२ कात्तिक (रासस) ः news_content: राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम तीन वर्षदेखि अलपत्र छ ।  विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी शुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ...

  • २०७७ कार्तिक २१, शुक्रबार

    खाना खुवाउने अभियान बन्दको निर्देशन विषय मेयर शाक्यसँग सोधपुछ गरिने

    काठमाडौं – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य एवं श्रम तथा उपभोक्ता हित समितिले टुँडिखेलमा खाना खुवाउने अभियान बन्द गरिदिन दिएको निर्देशनबारे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग सोधपुछ गरिने भएको छ । टुँडिखेलमा खाना खुवाउन बन्द गर्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको विषयमा मेयर शाक्यलाई नै बोलाएर सोधपुछको निर्णय भएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जनाएको छ ।...

  • २०७७ कार्तिक २१, शुक्रबार

    उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडाैं – काठमाडौं उपत्यकामा बुधबार मात्र थप १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज बुधबार काठमाडौंमा १ हजार ५ सय ७०, भक्तपुरमा १ सय १९ र ललितपुरमा १ सय ८९ जनामा कोरोना पुष्टि भएको हो । देशभर आज १३ हजार १ सय ४४ को पीसीआर गर्दा ३ हजार ३ सय ९ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८ सय ४४ जना डिस्चार्ज भएका...

  • २०७७ कार्तिक २१, शुक्रबार

    भाइटीकापछि खुलामञ्चमा निःशुल्क खाना खुवाउन नपाइने

    काठमाडौं - काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच सार्वजनिक ठाउँमा भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने सहमतिअनुसार निःशुल्क खाना अभियान पनि बन्द हुन लागेको हो । तर सार्वजनिक ठाउँमा खाना...

  • २०७७ कार्तिक २०, बिहिबार

    पूर्व मन्त्री नरेन्द्रराज जोशीको कोरोना जोखिम न्यूनीकरण अभियान आरम्भ

    नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता जोशीले एक पत्रकार सम्मेलन गर्दै  सो कुराको जानकारी गराएका छन् भने सो   अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए । यसका साथै कोरोना संक्रमितको उपचारमा...

  • २०७७ कार्तिक २०, बिहिबार

    नसक्नेलाई महानगरपालिकाले खानाको व्यवस्था गर्छ, भीडभाडमा नखुवाऔँः मेयर विद्यासुन्दर शाक्य

    काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भोकै कोही पर्दैन, भोकले कोही मर्दैन भन्ने नीति  काठमाडौँ महानगरपालिकाको  हो भनि भन्नु भएको छ । भने अहिले काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र...

  • २०७७ कार्तिक १९, बुधबार

    यसरी हुँदैछ उपत्यकाको ट्राफिक व्यवस्थापन

    काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ ।  कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी...

  • २०७७ कार्तिक १९, बुधबार

    आजदेखि चित्लाङ–थानकोट सडक बन्द

    टिस्टुङ – मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने,...

  • २०७७ कार्तिक १८, मंगलबार

    व्यवस्थित ढंगले निःशुल्क खाना खुवाए आपत्ति छैन : मेयर शाक्य

    काठमाडाैं – काठमाडौंको  टुँडिखेल खुलामञ्चमा गत केही समयदेखि खुला रुपले खुवाइँदै आइरहेको निःशुल्क खाना खुवाउने अभियानले बाहिरी जिल्लाबाट काठमाडौं आउनेहरूलाई थप आकर्षित गर्ने चिन्ता बढेको छ । साथै दिनको २०० जना व्यक्तिलाई एकै ठाउँमा राखेर खाना खुवाउँदा काठमाडौंमा कोरोना संक्रमणको खतरा पनि उत्तिकै बढ्ने चिन्ता व्याप्त भएको छ । यसै चिन्तालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले निःशुल्क खाना खुवाउने...

  • २०७७ कार्तिक १८, मंगलबार

    ललितपुरका ६ हजार बढी सङ्क्रमित निको भए

    ललितपुर – ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६ हजार ३१६ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१५ पुगेको...

  • २०७७ कार्तिक १८, मंगलबार

    चाँगुनारायण ताथलीमा व्यायाम पार्क बन्ने

    भादगाउँ– चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने हेतुले ताथलीमा खेलमैदानसँगै व्यायाम पार्क बन्न लागेको हो । ताथलीको सौडोलको करिब चार रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा करिब रु पाँच लाखको लागतमा व्यायाम पार्क बन्न लागेको हो । यसका लागि...

Pages