STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा रोकिएको खाेप कार्यक्रम छिटै सुचारु हुने, नयाँ मिति आजै आउने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३०, आइतबार

काठमाडौँ - २८ गतदेखि रोकिएको खोप लगाउने कार्यक्रम छिटै सुचारु गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको भेरोसेल खोप लगाउने अभियान पुनः सुचारू हुने भएको हो ।

यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि वडा–वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले जानकारी दिए ।

उनका अनुसार वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ । काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुनः खोप सञ्‍चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको ओलीले जानकारी दिए ।

१० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिन्छ, उनले भने, लगाउने मिति सम्भवतः भोलि वा पर्सिदेखि सुरू हुन्छ । खोप लगाउने मिति सम्भवतः आज सार्वजनिक गर्छौ ।

यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्‍चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो । तीन दिनमात्र खोप लगाएको थियो ।

६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ । महानगरले गत मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकेर खोप कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो ।

Categorized in उपत्यका