उपत्यका
-
२०७८ बैशाख १७, शुक्रबार
काठमाडाैंमा समस्यामा परे यी नम्बरमा सम्पर्क गर्न मेयरकाे आग्रह
काठमाडौं - काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नं सार्वजनिक गरिएको बताए । नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा...
-
२०७८ बैशाख १६, बिहिबार
निधेधाज्ञामा हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी
काठमाडौँ - निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड...
-
२०७८ बैशाख १६, बिहिबार
सुनसान उपत्यकाका सडक (तस्बिर सहित)
निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभयो । अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै...
-
२०७८ बैशाख १६, बिहिबार
सुनसान उपत्यकाका सडक
निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभयो । अघिल्लो पटक बन्दाबन्दी आवतजावत...
-
२०७८ बैशाख १६, बिहिबार
टुँडालदेवी जात्रा दूरी कायम गरी विधि पूरा गरिने
उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ । चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए...
-
२०७८ बैशाख १६, बिहिबार
काठमाडाैं उपत्यकामा आजदेखि निषेधाज्ञा • अटेर गरे सडकमै कारबाही • चाेकचाेकमा प्रहरी
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ । अनावश्यक हिँडडुल राेक्न चाेकचाेकमा प्रहरीहरू खटाइएका छन् । बिहानैदेखि ती प्रहरीले सडकमा साेधीखाेजी गर्ने,...
-
२०७८ बैशाख १५, बुधबार
निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प खुल्ने
काठमाडौँ - निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका पेट्रोल पम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । बुधबार एक सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुला रहने जनाएको हो । निगमकाअनुसार उपत्यकाका तीनवटै जिल्लाका पेट्रोल पम्पहरू पनि खुला रहनेछन् ।
-
२०७८ बैशाख १५, बुधबार
बुंगद्यःको न्हवं (महास्नान) सम्पन्न
आज ललितपुरमा बुंगद्यः (रातो मच्छिन्द्रनाथ)को न्हवं (महास्नान) गरिएको छ । चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहेको छ । मच्छिन्द्रनाथलाई पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट ल्याइएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।
-
२०७८ बैशाख १५, बुधबार
आज रातो मच्छिन्द्रनाथको महास्नान
वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालको मन्दिरबाट बाहिर झिक्ने साइतअनुसार महास्नान गर्न लगिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताउनुभयो । उहाँले...
-
२०७८ बैशाख १५, बुधबार
दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनमार्फत
नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने जनाएको हो । प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका...
-
२०७८ बैशाख १५, बुधबार
गाेंगःबुँ बसपार्कमा काठमाडाैं छाेड्नेको भीड
काठमाडौँ - काठमाडौंको गाेंगःबुँस्थित नयाँ बसपार्कमा काठमाडाैं छाेड्ने यात्रुको भिडभाड बुधबार पनि देखिएको छ । बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरु नयाँ बसपार्क पुग्दा भीड बढेको हो । भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । बुधबार पनि गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि...
-
२०७८ बैशाख १५, बुधबार
विपन्न सङ्क्रमितकाे उपचारमा काठमाडाैं महानगरपालिकाले सहयाेग गर्ने
काठमाडाैं - काठमाडाैं महानगरपालिकाले विपन्न कोरोना सङ्क्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ । महानगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न ठूला वडालाई एक लाख रुपियाँ, मझौला वडालाई ७५ हजार रुपियाँ र साना वडालाई ५० हजार रुपियाँसम्म निकासा पठाउने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतना बढाउन...


