STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौ महानगरपालिकाले शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख २५, शनिबार

काठमाडौं महानगरपालिकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर दिएका छन् ।

शनिवार महानगर प्रमुख  विद्या सुन्दर  शाक्यले अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेलाई सो भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।  यसबाट  कोभिड संक्रमण उपचारमा केहि सहयोग हुने महानगरको विश्वास रहेको प्रमुख शाक्यले बताए । \

मेयर शाक्यले  सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउने योजना रहेको छ भने त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन् र हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि सदैव रहने बताएका छन् ।

अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको तथा जस मध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको अस्पतालका कार्यकारी निर्देशक काफ्ले जानकारी दिए ।

सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा.दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी थिए ।

Categorized in उपत्यका