STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका नगरपालिका फोरमले थेरापीसहित आईसोलेसन सञ्चालन गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख २६, आइतबार

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा उपयुक्त स्थानमा अक्सिजन थेरापीसहित एकिकृत आईसोलेसन सञ्चालन गर्ने भएको छ ।

आईतवार फोरमको बैठकले आईसोलेसन सञ्चालनको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र उपत्यकाभित्र रहेको अस्पतालको क्षमतामा बृद्धि गर्न आवश्यक सहयोग गर्ने समेत निर्णय गरेको छ ।

फोरमको बैठकले गरेको ४ बुँदे निर्णय  अनुसार अक्सिजन आपूर्तिको लागि सरकारलाई अनुरोध गर्ने, कोभिड परिक्षणको दायरालाई अझ बढाउन सरकारसँग पहल गर्ने, सरकारले जारी गरेको निषेधाज्ञलाई पूर्णरुपमा पालना गर्न सर्वसाधारणलाई अनुरोध गर्ने तथा निषेधाज्ञा कडाई पूर्वक पालना गराउन सम्बन्धित निकायलाई ध्यानाकार्षण गराउने भएको छ ।

फोरम अध्यक्ष तथा काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा  बसेको बैठकले   सो निर्णयहरु गरिएको हो । बैठकमा उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र सचिव तथा मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठको उपस्थिती रहेको थियो ।

Categorized in उपत्यका