उपत्यका
-
२०७८ बैशाख ४, शनिबार
करदातालाई जागरुक बनाउने सडक नाटक ‘आनसुकी घरबेटी बा’
काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन ‘सडक नाटक’ अभियान सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो । करदातालाई दबाब दिएर होइन कर तिर्नु नागरिक दायित्व हो र करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु...
-
२०७८ बैशाख ४, शनिबार
बसपार्कका पसलहरुमा महानगरपालिकाको सिलबन्दी
लामो समयदेखि बिना सम्झौता सञ्चालन भैरहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि शिलबन्दी गरेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका राजश्व बिभाग प्रमुख...
-
२०७८ बैशाख १, बुधबार
नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान थालियो
काठमाडौं उपत्यकाका नदिहरु सफा गर्ने उद्देश्यले नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ । संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको सांसद श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७...
-
२०७७ चैत्र ३१, मंगलबार
सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड बमोजिम गर्ने तयारी
–पूर्णप्रसाद मिश्र कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था...
-
२०७७ चैत्र ३१, मंगलबार
एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क हट्ने
काठमाडाैं - एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो । खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने नयाँ बसपार्क, काटेश्वर वा सो...
-
२०७७ चैत्र ३०, सोमबार
सन्ततिमा संस्कृति हस्तान्तरण
नयाँ पुस्तामा साँस्कृतिक चेतना जागृत होस भन्ने उद्देश्यले सिवाः साय्मि खलः संस्कृति विभागकाे आयाेजनामा भइरहेकाे बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमकाे समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयाे । २०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाच:ह्रे) देखि सुरू गरिएकाे बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१ चिल्लागा द्वादशी) बिहिवार थिमि-४ स्थित सिवाटाेलमा बाँसुरी बाजा प्रशिक्षणकाे समापन...
-
२०७७ चैत्र २९, आइतबार
हेलिकप्टरबाट शिवपुरी नागार्जुन वनमा लागेकाे आगो निभाउने प्रयास
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण बाहिर गएपछि हेलिकप्टरबाट पानी हालेर निभाउने प्रयास गरिएको छ । सिन्धुपाल्चोकको सुन्दरीजलबाट सिम्रक एयरको हेलिकप्टरबाट पानी ल्याएर निभाउने प्रयास भइरहेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । आइतबार बिहान काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१ तौलुङबाट सुरू भएको आगलागी शिवपुरी निकुञ्जभित्र प्रवेश गरेको थियो । आगलागी...
-
२०७७ चैत्र २९, आइतबार
नागार्जुनको जंगलमा आगलागी
काठमाडौं, २९ चैत - काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगो लागेकाे छ । आइतबार दिँउसो डढेलो लागेको निकुञ्ज कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् । तीन वटा दमकलसहित करिब दुई सयजना आगो नियन्त्रणमा खटिएको निकुञ्ज कार्यालयले जनाएको छ । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन...
-
२०७७ चैत्र २९, आइतबार
स्वास्थ्य सुरक्षा अपनाएर सेतो मछिन्द्रनाथको जात्रा यसरी हुँदैछ
काठमाडौं, चैत २९ – कोरोना भाइरस संक्रमणको जोखिमबीच अलमल अवस्थामा रहेका काठमाडौं उपत्यकाका विभिन्न जात्राहरु यस वर्ष स्वास्थ्य सुरक्षा अपनाएर गर्न जात्राआवद्ध विभिन्न संघसंस्था एवं गुठीहरुले निर्णय गरेका छन् । यसैक्रममा काठमाडौंको ठूलो जात्रा सेतो मछिन्द्रनाथको रथयात्रा पनि स्वास्थ्य सुरक्षा अपनाएर संचालन गर्ने निर्णय भएको सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । जात्रालाई भव्य एवं...
-
२०७७ चैत्र २९, आइतबार
आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौँ - आज घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन...
-
२०७७ चैत्र २८, शनिबार
उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु
मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा...
-
२०७७ चैत्र २५, बुधबार
बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ - सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो। यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय...


