STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ बैशाख १४, मंगलबार

    उपत्यकाकाे निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाइँदैन ? (आदेशसहित)

    काठमाडौं - काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ। काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज साँझ एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।   बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, सङ्घसंस्था र पेशाकर्मी, व्यवसायी एवम् आम नागरिकको...

  • २०७८ बैशाख १३, सोमबार

    लकडाउन अघि घर जान दुई दिनको समय

    काठमाडौं - सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताएका हुन् । सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय...

  • २०७८ बैशाख १३, सोमबार

    नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउँछ भन्ने उपमेयर हरिप्रभाको दावी

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो । मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै राख्नुभएको मन्तब्यमा...

  • २०७८ बैशाख १३, सोमबार

    वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

    काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ ।  सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि  निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने जानकारी दिए । ‘कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न...

  • २०७८ बैशाख १३, सोमबार

    मास्क नलगाउने १३ सयभन्दा बढी प्रहरीकाे होल्डमा

    काठमाडौँ - काठमाडौँमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ । आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई सम्झाइबुझाइ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले...

  • २०७८ बैशाख १३, सोमबार

    उपत्यकाका सिडीओहरुको बैठक बस्दै, तीन जिल्लामा निषेधाज्ञा लाग्न सक्ने

    काठमाडौं - काठमाडौं उपत्यकाका ३ जिल्लाको प्रमुख अधिकारी (सिडिओ)हरूको संयुक्त बैठक आज बस्दैछ । पछिल्लोसमय बढ्दो कारोना भाइरस संक्रमणको जोखिम तथा नियन्त्रणबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको...

  • २०७८ बैशाख १२, आइतबार

    उपत्यकाका सबै जिप्रकाका अत्यावश्यक बाहेक सबै सेवा स्थगित

    काठमाडौं -  काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा...

  • २०७८ बैशाख ११, शनिबार

    काठमाडाैं उपत्यकामा चार साता लकडाउन गर्न मन्त्रालयको सिफारिस

    कोरोना संक्रमितको संख्या बढ्दै गएकाले काठमाडाैं उपत्यका अतिप्रभावित जिल्लामा चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समिति सीसीएमसीको बैठकमा यसबारेमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 'सीसीएमसीको बैठकमा स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व रहन्छ । त्यसमा यो विषयको सुझाव दिइएको छ जनस्वास्थ्यको संवेदनशीलताका आधारमा...

  • २०७८ बैशाख ११, शनिबार

    नयाँ बनाइएको भ्युटावर 'धरहरा'को ओलीद्वारा उद्घाटन

    २०७२ सालको भूकम्पले ढालेको धरहरा पुनर्निर्माणपछि आज उद्घाटन गरिएकाे छ । प्रधानमन्त्री केपी ओलीले केही बेरअघि नयाँ धरहराको उद्घाटन गरेका हुन् । धरहराकाे प्रवेशद्वारमा राखिएकाे शिलालेखकाे अनावरणपछि प्रधानमन्त्री ओलीले ढाेकाकाे रिवन काटेर धरहराकाे उद्घाटन गरेका हुन् । उद्घाटन भए पनि तत्काल धरहराकाे अवलोकन गर्न भने पाइने छैन । याे निर्माण सम्पन्न भइसक्न बाँकी नै छ । भूमिगत संरचनासहित नयाँ धरहरा...

  • २०७८ बैशाख ९, बिहिबार

    सेतो मच्छेन्द्रनाथको रथ लगनमा

    काठमाडौँ, वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी हनुमानढोकाबाट लगनटोल पु¥याइएको छ ।चैत्र शुक्ल नवमीका दिन बुधबार असनबाट हनुमानढोका पु¥याइएको रथ आज दिउँसो त्यहाँबाट जैसीदेवल हुँदै लगनटोलसम्म यात्रा गराइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।     प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट...

  • २०७८ बैशाख ९, बिहिबार

    वैशाख १० गतेदेखि पशुपतिनाथ दर्शनमा रोक

    काठमाडौँ - कोरोना संक्रमण तिव्र गतिमा फैलिदैं गएपछि पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय गरेको कोषले जनाएको छ । ‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका...

  • २०७८ बैशाख ७, मंगलबार

    सार्वजनिक स्थानमा जथाभावी नथुक्न आग्रह

    काठमाडौ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो । प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि...

Pages