STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ कार्तिक ३, सोमबार

    काठमाडाै‌ंका २ हजार ८ सहित थपिए ३ हजार ७९० जना संक्रमित

    काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यी मध्ये  काठमाडौं उपत्यकामा मात्रै २ हजार ३८८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका २ हजार ८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् । याेसँगै देशभर ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार...

  • २०७७ कार्तिक ३, सोमबार

    राजोपाध्याय समाजको अध्यक्षमा कलाकार संजय शर्मा राजोपाध्याय चयन

    काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार सम्पन्न समाजया सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले राजोपाध्यायलाई समाजको नयाँ अध्यक्ष चयन गरेको हो । तेश्रो अधिवेशनले निर्विरोध चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय हुनुहुन्छ भने महासचिवमा...

  • २०७७ कार्तिक ३, सोमबार

    क्षमापूजामा सीमित हुँदै बुंगमतिको दसैं

    काठमाडाैं – काेराेना महामारीका कारण यस वर्ष बुंगमतिको दसैं क्षमापूजामै सीमित हुने भएकाे छ । वर्षेनी दसै‌ंकाे नवमी‚ दशमी र एकादशीमा हुने मनकामना र हनुमान जात्रा यस वर्ष काेराेना महामारीकाे कारण क्षमापूजामा सीमित गरिने भएकाे छ । बु‌ंगःद्यः राताे मछिन्द्रनाथ जात्राका ३२ जना पानेजु स‌ंघका यज्ञरत्न शाक्यले यस वर्ष बुंगमतिमा हुने दसैंका सम्पूर्ण जात्रा क्षमापूजा मात्र गरी मनाइने जनाएका छन् ।

  • २०७७ कार्तिक ३, सोमबार

    भक्तपुरको बजारमा छ्याप–छ्याप्ती अखाद्य बस्तु

    भक्तपुर – दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ ।  सूर्यविनायक नगरपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं...

  • २०७७ कार्तिक ३, सोमबार

    रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने

    काठमाडौं - पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा...

  • २०७७ कार्तिक २, आइतबार

    लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

    ललितपुर – लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले...

  • २०७७ कार्तिक २, आइतबार

    क्योकुशिन सेइसिन काईकानले भक्तपुरमा विद्यालय पोशाक वितरण

    नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरेको छ । बडा दशैं , तिहार , नेपाल सम्बत न्हू दँ ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रमका क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त...

  • २०७७ कार्तिक १, शनिबार

    भक्तपुरमा पनि अत्यावश्यक बाहेकका सेवा स्थगित

    भक्तपुर –  उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ ।  ‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट...

  • २०७७ कार्तिक १, शनिबार

    आइतबारदेखि ललितपुरमा अत्यावश्यक बाहेका सेवा स्थगित

    ललितपुर – कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेका सेवा स्थगित गर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्ने‍तले जारी गरेको सूचनामा पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर अत्याधिक रूपमा बढिरहेले सेवाग्राहीको भीडभाड अत्याधिक भई संक्रमण फैलन सक्ने उच्च...

  • २०७७ आश्विन ३०, शुक्रबार

    काठमाडौँ महानगरपालिकाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान

    काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विभिन्न १० विधाका १० जना युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजान उदेश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको कुराको जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ । यहि उदेश्य अनुरुप आज काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख...

  • २०७७ आश्विन ३०, शुक्रबार

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको आग्रह

    काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर हुने बताउनु भएको छ । आज शुक्रबार शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा बोल्नु हुँदै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण...

  • २०७७ आश्विन २९, बिहिबार

    ललितपुरमा मात्र सक्रिय सङ्क्रमित २५ सय बढी, ४८ को मृत्यु

    ललितपुर – ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै  अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।  जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख...

Pages