Salt Trading
Swasthya Mantralaya
Nhoo dan 1141

निषेधाज्ञाकाबीच रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १८, शनिबार

काठमाडौं - काठमाण्डौ उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।

यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो ।

वैशाख १५ गते साइतपूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताए ।

यसैबीच वैशाख १५ गते महास्नान गरेर गुप्तबासमा राखिएका रातो मच्छिन्द्रनाथलाई आउँदो मंगलवार गुप्तबासबाट निकालिँदैछ ।

महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएर आठौं दिनमा मर्मतसम्भार गरिने परम्परा अनुसार मंगलवार गुप्तबासबाट निकालेर मर्मत सम्भार गरिने पुजारी कपिल बज्राचार्यले बताए । यसपालि रातो मच्छिन्द्रनाथलाई आउँदो २९ गते रथारोहण गरिने छ भने जेठ १ गतेबाट रथयात्रा सुरु हुने छ ।

Categorized in उपत्यका
Newa Online Adv