STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २१, मंगलबार

काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने प्रशासनले जनाएको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ । अब हुने निषेधाज्ञा कसरी कडाइ गर्ने भन्नेबारे दैनिक छलफल भइरहेको छ ।  

निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले आज पनि छलफल गर्दैछन्  ।

काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिँदैछ ।

‘‘२२ गतेसम्म सोही निषेधाज्ञा कायम रहन्छ । २२ गते नै अर्काे बैठक बसी निषेधाज्ञा लम्ब्याउने योजना तय गरेका छाँै । अब निषेधाज्ञा एक सात लम्ब्याउनेबारे कुनै दुविधा छैन,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘‘निषेधाज्ञामा कसरी कडाइ गर्न सकिन्छ भन्नेबारे छलफल गरी निर्णय लिने हो । निषेधाज्ञाको संरचना उस्तै भए पनि त्यसलाई आवश्यक थप कडाइ गर्ने गृहकार्यमा जुटेका छौँ ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा निषेधाज्ञामा कडाइ गर्दा कसैले आदेश उल्लङ्घन गरे त्यसलाई होल्ड नगरी कारबाही गरिने जनाएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाइएको छ  ।

Categorized in उपत्यका