STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भोलिदेखि चन्द्रागिरी नगरपालिका 'सिल' : बिहान ६ देखि बेलुकी ५ बजे हिड्डुलमा रोक

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३१, शुक्रबार

भोलिदेखि चन्द्रागिरी नगरपालिका 'सिल' गरिने भएको छ ।

नगरपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि गत वैशाख २९ गते नगर कार्यक्षेत्रभित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी नेपालका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच बैठक बसेको थियो ।

उक्त बैठकले जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बेलुकी ५ बजेसम्म घरबाहिर हिड्डुल गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।

यो अवधिमा खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामग्री पसल, वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरू, सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सबै प्रकारका नीजि कार्यालयका सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ ।

औसधि पसल र स्वास्थ्य संस्थाका अत्यावस्यक सेवा भने खुला रहने छन् । त्यस्तै खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड (ट्याङ्कर चालकले पीपीईसहित, मास्क, स्यानिटाइजर, पञ्जा आदि) लगायतको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

Categorized in उपत्यका