STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ ।

निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।

यसबारे भोलि मंगलबार पुनः बैठक बसेर त्यसबारे औपचारिक निर्णय गरिने जनाइएकाे छ ।

कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।

संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको निर्णय गर्न सक्छन् ।

उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरिएको थियो । पहिले एक साताका लागी जारी गरिएको निषेधाज्ञाको समय यसअघि नै वैशाख २९ सम्म थपिएको थियो ।

Categorized in उपत्यका