STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ आषाढ १२, शनिबार

    वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै पुगे जनप्रतिनिधि

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता  वितरण गर्न उहाँहरुको घरदैलोमा पुग्नु भएको छ ।  मेयरको हातबाट भत्ता  थाप्न पाउँदा त्यहाँ  आउनु भएकी काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा  लामाको मुहारमा बिचित्रको चहक छाएको थियो । बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुग्नुभएका ८०...

  • २०७८ आषाढ १२, शनिबार

    १ अर्ब ९३ करोडको भक्तपुर नगरपालिकाको बजेट

    भक्तपुर - भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंया विनियोजन गरिएको छ । बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख आम्दानी हुने अनुमान छ ।...

  • २०७८ आषाढ ११, शुक्रबार

    काठमाडौं महानगरको बजेट : कुन शीर्षकमा कति ?

    काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। काठमाडौं महानगरपालिका नगरसभाको नवौं अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो। उपप्रमुख हरिप्रभा खड्गीले ‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ।...

  • २०७८ आषाढ १०, बिहिबार

    ललितपुर महानगरपालिकाको बजेट सार्वजनिक हुनसकेन

    ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न सकेको छैन । बजेट पेश गर्नका लागि ११ बजे बोलाइएको बैठक अधिकांश नगर सदस्यले बहिस्कार गरेपछि हालसम्म बजेट पेश नसकेको हो ।  अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार १० असारभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रममा छलफल नगरिएको भन्दै १९ जना वडा अध्यक्षले बैठक बहिस्कार गरेका छन् ।  ललितपुर...

  • २०७८ आषाढ ९, बुधबार

    घरभाडा प्रकरण : घरधनी प्रधान रिहा, उनकाे रिहाइकाे लागि सडक प्रदर्शन

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरीकर्ता रुपा सुनारको यथेष्ट प्रमाण नभएको भन्दा मुद्धा फिर्ता गरेको छ । सुनारको जाहेरीपछि ३ दिन थुनामा बसेकी प्रधान रिहा भएर घर फर्केकी छिन् । उनलाई छुटाउन  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए । यसअघि बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ...

  • २०७८ आषाढ ८, मंगलबार

    ललितपुरमा ७७ वर्षमाथिकालाई खोप दिइने

    ललितपुर महानगरपालिकाले ७७ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।महानगरका अनुसार सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार भोली खोप लगाइने भएको हो ।महानगरका अनुसार वडाबाट सिफारिस भइ आएका ७७ वर्षमाथिका २ हजार २ सय २० र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवक गरी जम्म २५ सय...

  • २०७८ आषाढ ८, मंगलबार

    काठमाडौँ महानगरपालिकाका मेयरले गरे बाढीग्रस्त क्षेत्रका तीन पालिकालाई आर्थिक सहयोग प्रदान

    सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि तीन  करोड रुपिंया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो । काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ...

  • २०७८ आषाढ ८, मंगलबार

    म काठमाडौँ महानगरवासीको मेयर हुँ, दल हेरेर जनप्रतिनिधिलाई उपेक्षा गर्दिनः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन...

  • २०७८ आषाढ ६, आइतबार

    उपत्यकाको निषेधाज्ञा अब असार १४ सम्म, सवारीमा जोरबिजोर, बार अनुसार पसल खोल्न पाइने

    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा १४ असारसम्म थप गर्ने निर्णय गरेको हो । यस्तै, उपत्यकामा निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । बैठकले बार अनुसार पसल खोल्न...

  • २०७८ आषाढ ६, आइतबार

    भक्तपुर चेम्बरको आकस्मिक रक्तदानलगायत स्वास्थ्य सेवाहरुको निरन्तरता

    कोभिड– १९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ । अभियान अन्तर्गत शनिबार थिमिको...

  • २०७८ आषाढ ६, आइतबार

    उपत्यकामा अब 'लुज निषेधाज्ञा'

    सरकारले काठमाडौं उपत्यकामा लुज निषेधाज्ञा लगाउने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ ५ बजे बस्ने बैठकमार्फत लुज निषेधाज्ञा जारी गर्ने तयारी भएको छ । ‘अब अलिकति व्यवस्थित, अलिकति लुज निषेधाज्ञा हुन्छ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘एक साता थप गर्ने सम्भावना छ ।’ कोभिड–१९ निर्देशक समितिले भने ‘स्मार्ट लकडाउन’को मोडालिटिमा जाने निर्णय...

  • २०७८ आषाढ ४, शुक्रबार

    राहत तथा उद्धारका लागि थप रकम दिने काठमाडौं महानगरकाे घाेषणा

    काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपाेखरी थाङपाल र हेलम्बुलाई र पचास-पचास लाख रुपिंया दिने घाेषणा गरेकाे छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरकाे तर्फबाट मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ। मेलम्ची नदीमा आएको बाढीको प्रकोपले गरेको धन...

Pages