STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दलको ह्वीप प्रधानमन्त्रीले पनि मान्नु पर्ने मेयर शाक्यको भनाइ

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ११, सोमबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले  काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवनको एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको छ । शिलान्याश कार्यक्रमका मेयर शाक्यले आफू दलीय प्रधानमन्त्रीको पक्षमा रहेको बताउँदै दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ भनि भन्नुभयो ।  तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएकोले मुलुकमा दलको प्रधानमन्त्री छैन भनि उहाँले जोड्नु भयो ।

मेयर शाक्यले दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो र यो विडम्वनापूर्ण अवस्था हो भन्दै संविधान निर्माताहरुलाई  के संविधान लेख्दै त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ? भनि प्रश्न पनि गर्नु भयो ।

उहाँले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुनसक्ने बताउनुभयो ।

Categorized in उपत्यका