STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ महानगरले शुरु गर्यो विरुवा रोप्ने अभियान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २, शनिबार

काठमाडौँ महानगरपालिकाले आजदेखि विरुवा रोप्ने कार्य थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी चाँपको विरुवा रोप्नुभइ थाल्नुभएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो भने विरुवा रोपिसकेपछि शहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना र सम्पन्न कामका बारेमा मेयर शाक्यले संक्षिप्त प्रतिक्रिया दिँदै परिवर्तन धेरै भएको छ । आवश्यकता पूरा गर्न अझै पनि काम गर्नुपर्नेछ र

सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने हाम्रो नीति हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको छ । साना विरुवा हुर्काउन कठिन हुने भएकोले कम्तीमा ५ फिटभन्दा अग्ला विरुवा रोप्ने मापदण्ड बनाएर नै हामीले काम गरेका छौँ भनि भन्नु भयो । वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले शनिवार अभियान थाल्दै शिरिष, कपुर, कल्की र चाँप जातका करीव १३० विरुवा रोकिएको बताएका छन् । 

विरुवा रोप्नु जत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । यसका लागि बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ भनि श्रेष्ठले भन्नु भयो र यसकालागि वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ भन्ने प्रतिबद्धता पनि पोख्नु भयो । यस कार्यक्रममा वडाध्यक्ष विकास डंगोल , वडा सदस्यहरु, महानगरका विभागीय प्रमुखहरु तथा स्थानीयहरुले विरुवा रोप्नुभएको थियो ।

Categorized in उपत्यका