STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ पौष १६, बिहिबार

    ज्यापु दिवस मनाउन सरकारले आर्थिक सहयोग गर्ने

    काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ज्यापु संस्कृति विकास कोषलाई ज्यापु दिवस मनाउन आर्थिक सहयोग दिने वचन दिएका छन् । १७ औं ज्यापु दिवसको अवसरमा बुधबार भएको एक कार्यक्रममा पोखरेलले ज्यापु दिवस मनाउन राखिएको अक्षयकोषमा ६० लाख रहेकोमा त्यसै कोषमा थप गरी १ करोड पु¥याउने वचन दिएका छन् । बुधबार योमरि पूर्णिमाको दिन काठमाडौंको सभागृहमा ज्यापु दिवसको अवसरमा भएको विशेष कार्यक्रममा प्रमुख अतिथिको...

  • २०७७ पौष १५, बुधबार

    काठमाडौंमा मोनोरेल कुदाउन नसकेको कुरा मेयर शाक्यले स्विकारे

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो र उहाँले मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि आफ्नो कार्यकाल स्वर्णयुग हो भनि   भन्नु भएको छ ।   मेयर शाक्यले सम्पदा संरक्षणकै लागि हरेक जात्रा–...

  • २०७७ पौष १५, बुधबार

    दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरी एउटा देऊ....

    काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् । नेवार समुदायमा...

  • २०७७ पौष १५, बुधबार

    योमरी पूर्णिमा एवं ज्यापु दिवस मनाइँदै

    काठमाडौँ - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा, नेेवार समुदायले याेमरि पूर्णिमा र ज्यापु समुदायले ज्यापु दिवस मनाउँदैछ । योमरी पूर्णिमा (योमरी पुन्हि) नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य...

  • २०७७ पौष ९, बिहिबार

    थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत

    काठमाडौं – भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुर्ननिर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो । यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले बुधबार एक समारोह आयोजना गरी नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा...

  • २०७७ पौष ८, बुधबार

    हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गरिँदै

    काठमाडौँ – हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ । दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै आएको खर्च अपुग भई पूजा विधिलगायत अमूर्त संस्कृति लोप हुने खतरा बढेपछि समितिको हालैको बैठकले १० वटा मन्दिरलाई मासिक रु दुई हजार ५०० सहयोग गर्ने...

  • २०७७ पौष ८, बुधबार

    मध्यपुरथिमि एशियन अवार्डबाट पुरस्कृत

    भक्तपुर – कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण शहरको रूपमा रहेको मध्यपुरथिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गरी प्रगति हासिल गरेका एशियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया...

  • २०७७ पौष ४, शनिबार

    ईन्द्रजात्राका गणेश र भैरव फेरिए

    काठमाडौं – ईन्द्रजात्रा (येँयाः) मा कुमारीसँगै रथयात्रा गर्नुपर्ने देवहरु गणेश र भैरव फेरिएका छन् ।  शुक्रवार नरदेवीका साढे ४ वर्षीय रोदिन शाक्य गणेशका रूपमा छानिएका छन् । यस अघिका गणेश समवेग शाक्य थिए । त्यसैगरी शनिवार जैसिदेवलका साढे तीन वर्षका कर्शनब शाक्यको भैरवको रुपमा छनौट भएका छन् । उनको भोली पूजाविधि साथ प्रतिस्थापन हुँदैछ । यस अघि भैरवको रुपमा रूजन शाक्य थिए । समवेग र रुजन १४ वर्ष...

  • २०७७ पौष ४, शनिबार

    नेवाः युट्युबको वार्षिकोत्सव मनाइयो

    काठमाडौं – एड जोन प्रा.लि.बाट संचालित नेवाः युट्युब तेस्रा वार्षिकोत्सव एक कार्यक्रम गरी मनाइएको छ । पुस ३ गते शुक्रबार ज्याठास्थित ‘झीगु भ्वय्छेँ’ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा दिवंगत पत्रकार विक्रम शाक्यको परिवारलाई १० हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको थियो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति...

  • २०७७ पौष ३, शुक्रबार

    मैजुबहाल चक्रपथमा आठ करोडको लागतमा बनेको कालोपत्रेको मेयरद्वारा अनुगमन

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईसहितको टोली चावहिल मैजुबहाल चक्रपथ पुगेर आठ करोडको लागतमा बनेको चक्रपथको अवलोकन गर्नु भएको छ । त्यही टोलीमा वडाध्यक्ष शुद्धकुमार डंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापालगायत पनि सहभागी हुनुहुन्थ्यो ।  लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको...

  • २०७७ पौष २, बिहिबार

    शुक्रबार र शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

      नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ । त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज,...

  • २०७७ पौष २, बिहिबार

    जोरबिजोर प्रणाली हटाइयो

    काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य गर्ने सहमति भएको हो ।  जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी तथा मजदूरहरुले शुक्रबारदेखि जोरबिजोर प्रणालीको अवज्ञा गर्ने घोषणा गरेसँगै प्रशासन आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो...

Pages