STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ फाल्गुण १७, सोमबार

    शिवरात्रिदेखि पशुपतिनाथ दिनभर खुला रहने

    काठमाडौँ । पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो । चैत ११ गते लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भएको थियो ।...

  • २०७७ फाल्गुण १६, आइतबार

    अन्यायपूर्ण सडक बिस्तारबाट पीडितले महानगरपालिका घेरे

    काठमाडौँ – सडक विस्तारको नाममा बालाजुमा घर भत्काउने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने काम गरेको भन्दै स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । बृहत नागरिक आन्दोलन अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार सडक विस्तारको नाउँमा बालाजुमा जनताको घर गैरकानूनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फुल फुलाउने कामको विरोधमा...

  • २०७७ फाल्गुण १६, आइतबार

    सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ

    मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गर्नुभयो ।     सांस्कृतिक सम्पदा क्षेत्रको...

  • २०७७ फाल्गुण १६, आइतबार

    आज १० देखि १२ बजेसम्म कालिमाटी क्षेत्र बन्द

    काठमाडाैं – सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन मानन्धरलगायत आठजनालाई प्रहरीले हिरासतमा लिएको विरोधमा आज आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म कामपा १३ वडा कालिमाटी क्षेत्र बन्द घोषणा गरिएको छ । सडक विस्तार पीडित संघर्ष समितिले यसअघि शनिबार कालिमाटी क्षेत्रमा विरोध जुलुस निकालेर बन्दको घोषणा गरेको थियो ।गत बुधबार बालाजु बाइसपासमा सडक विस्तारको विरोधमा उत्रिएका अभियन्ताहरुलाई  जबर्जस्ती...

  • २०७७ फाल्गुण १५, शनिबार

    इतुम्बहाःमा देवाद्यः छेँको पुनर्निमाण सम्पन्न

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा अवस्थित श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् । मेयर शाक्यले उद्घाटनपछि मूर्त/अमूर्त अभियानअन्तर्गत आपनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    अन्यायपूर्ण सडक विस्तारकाे विराेधमा प्रदर्शन (तस्बिरसहित)

    काठमाडौँ – सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै काठमाडाैं उपत्यकाका स्वबासी पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देय् दबू लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको...

  • २०७७ फाल्गुण १२, बुधबार

    पशुपतिमा जलहरी नराख्न सर्वोच्चको आदेश

    काठमाडौं – सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । पशुपतिमा जलहरी राख्ने निर्णय विरुद्व प्रदेशसभा सांसद नरोत्तम वैद्यले रिट दायर गरेको गरेका थिए । यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै...

  • २०७७ फाल्गुण १२, बुधबार

    विवादबीच पशुपतिनाथमा सुनको जलहरि राखिँदै

    काठमाडौँ – विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो । बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सुनको जलहरि राख्ने कार्यक्रममा...

  • २०७७ फाल्गुण १२, बुधबार

    नेपालभाषा पठनपाठनका लागि १७२ शिक्षक

    काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक  नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ््यपुस्तक तयार गरेको भए पनि हाल...

  • २०७७ फाल्गुण ११, मंगलबार

    पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न

    देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यहि क्रममा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । चैत महिनाको केन्द्रिय साधारणसभा अघि देशभरका २४ जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा कार्यक्रम भइरहेको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित...

  • २०७७ फाल्गुण ११, मंगलबार

    पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडाैँ – सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट...

  • २०७७ फाल्गुण १०, सोमबार

    मातृभाषाको माध्यमबाट भइरहेको पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न

    फेब्रुअरी २१ तारीखको दिनलाई संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउँदै आईरहेको छ भने सोही अवसर पारेर आईतबार नेवाः पत्रकार राष्ट्रिय दबूले नेपालभाषाको पत्रकारिताको वर्तमान स्थीतिलाई लिएर काठमाडौंमा आयोजना गरेको छ भने सो अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचारकर्मिहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार...

Pages