STC 810x100 adv
Swasthya Mantralaya

नेपाल संवत् नववर्षको उपलक्ष्यमा न्हूदँ समारोह समितिले जलपान कार्यक्रम गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ७, मंगलबार

७ मंसिर, काठमाडौं – नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ को आयोजनामा यही कछलागा अष्टमी (मंसिर ११ गते) शनिबार नववर्षको उपलक्ष्यमा जलपान कार्यक्रम गर्ने भएको छ ।

समारोह समिति जलपान कार्यक्रम उपसमितिका संयोजक ज्योति शाक्यले सो कार्यक्रम शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म थँहितिमा हुने जानकारी दिनुभएको छ ।

शाक्यले दिनुभएको जानकारीअनुसार जलपान कार्यक्रममा नेवार अगुवा एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ प्रमुख अतिथिको रुपमा आउनेभएका छन् । साथै विभिन्न राजनीतिक पार्टीका मन्त्रीहरुलाई पनि निम्तो दिइएको शाक्यले जानकारी दिनुभएको छ ।

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको रुपमा न्हूदँ समारोह समिति सल्लाहकार समितिका अध्यक्ष एवं भाषासेवी, समाजसेवी, उद्योगपति नेवार अगुवा लक्ष्मीदास मानन्धरको उपस्थिति रहने पनि शाक्यले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नववर्ष आन्दोलनसँग सम्बद्ध एवं नेपालभाषा क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ ।

 

Categorized in उपत्यका
kmc sujib