STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ चैत्र १३, शुक्रबार

    आँखा पोल्ने काठमाडौंको वायु प्रदुषण, कम भिजिबिलिटीले विमानस्थल ठप्प

    काठमाडाैं - शुक्रबार बिहान सफा देखिएको काठमाडौंको वायुमण्डल मध्याह्नपछि एकाएक धुमलियो । अहिले पूरै तुवाँलो लागेकाे छ । मौसम र देशका विभिन्न ठाउँमा डढेलो लागेका कारण प्रदूषण बढेको वातवरण विभागले जनाएकाे छ । ‘यो माैसममा यस्तो देखिन्छ । तर, मौसम र डढेलोको कारण प्रदूषण बढेको हुन सक्छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘केही दिनसम्म यो लम्बिन पनि सक्छ । बर्खा नलागेसम्म यो समस्या रहन्छ ।’ रियल...

  • २०७७ चैत्र १३, शुक्रबार

    फागु पर्वमा भीडभाड हुन नदिन कडाइ, उपत्यकामा प्रहरी परिचालन गरिने

    काठमाडौँ - फागु पर्वमा भीडभाड हुन नदिन कडाइ गरिने भएको छ । काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित राखेर पर्व मनाउन आग्रह गरिसकेको छ । फागु पर्वमा भीड हुन नदिन काठमाण्डौ उपत्यकामा थप प्रहरी परिचालन गरिने भएको छ ।...

  • २०७७ चैत्र १३, शुक्रबार

    काठमाडौँका सार्वजनिक यातायातमा अब अनिवार्य मास्क

    काठमाडौँ - कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...

  • २०७७ चैत्र ११, बुधबार

    अब काठमाडाैंमा मास्क अनिवार्य

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् । विज्ञप्तिमा छिमेकी मुलुक भारतमा समेत संक्रमण बढ्दै गएको र त्यसको...

  • २०७७ चैत्र ११, बुधबार

    काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२०...

  • २०७७ चैत्र १०, मंगलबार

    चौथो विश्व नेवाः दिवस शनिबार बसन्तपुरमा हुने

    विश्वमा रहेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले गठन गरिएको वर्ल्ड नेवाः अर्गनाइजेशन (हलिं नेवाः दबू) नेपाल च्याप्टरको आयोजनामा यही चैत्र १४ गते शनिवार काठमाण्डौं को बसन्तपुरमा “चौथो विश्व नेवाः दिवस” भव्यताका साथ मनाउने भएको छ । चौथो विश्व नेवाः दिवस,  आयाेजक कमिटि नेपाल ११४१ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा का.म.पा.का मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा मनाइने सो कार्यक्रममा हलिं...

  • २०७७ चैत्र १०, मंगलबार

    पिनाकल ट्रेनिङ एकेडेमीको दस दिने उदघोषण सम्पन्न

    पिनाकल ट्रेनिङ एकेडेमीले   ललितपुर महानगरपालिका वडा नं. ५ को सहयोगमा  आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । वडा ५ का महिला समूहका पदाधिकारी एवं सदस्यहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले  आयोजना गरेको   उक्त तालिममा संचारकर्मी सुरजबीर बज्राचार्यले प्रशिक्षण दिएका थिए ।  उक्त तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । एकेडेमीका...

  • २०७७ चैत्र ७, शनिबार

    शनिबार राजधानी यी स्थानमा बिजुली कटौती हुने

    नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली कटौती हुने...

  • २०७७ चैत्र ६, शुक्रबार

    काठमाडाैंका यी क्षेत्रहरुमा आज तीन घण्टा बत्ती जाने

    काठमाडौँ - काठमाडौँको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम...

  • २०७७ चैत्र ६, शुक्रबार

    पशुपति पुननिर्माणमा कंक्रिट प्रयोग गरिएपछि काम रोक्न अभियन्ताहरुको माग

    काठमाडौँ - विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा भइरहेको पुननिर्माण रोक्न सम्पदा अभियन्ताहरूले माग राखेका छन्। २०७२ को भुइँचालोले क्षति पुर्याएको सम्पदा क्षेत्रमा पुननिर्माण गर्दा जथाभावी कंक्रिट प्रयोग गरिएकाले तुरून्त काम रोक्न उनीहरूले माग राखेका हुन्। यही विषयमा ध्यानाकर्षण गर्दै अभियन्ताहरूले गत मंगलबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग...

  • २०७७ चैत्र ४, बुधबार

    काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पाँच करोड आर्थिक सहयोग

    काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ । कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत...

  • २०७७ चैत्र २, सोमबार

    काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो

    काठमाडौँ - काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत काम सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिङ्गटीबाट छानोको काम भइरहेको छ  । निर्माणका लागि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम गरिरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने...

Pages