उपत्यका
-
२०७८ मङ्सिर १९, आइतबार
चार पत्रकार पुरस्कृत
पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका चार जना जना पत्रकारहरुलाई आज एक कार्यक्रमका बीच विभिन्न पुरस्कार प्रदान गरिएको छ । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुर सप्तपुर महाविहार चिकंबहीमा सम्पन्न नवौं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा ज्ञानज्योति – लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार...
-
२०७८ मङ्सिर १३, सोमबार
पाँच महिनाअघिदेखि रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र
ललितपुर, १३ मङ्सिर ९रासस० स् बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माणको काम पाँँच महिनाअघिदेखि अघि बढेको छैन । मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक पनि इँटा थप्ने काम भएको छैन । मच्छिन्द्रनाथ पुनःनिर्माणमा लाग्ने करिब १४ हजार डाँछी इँटा बनाउन दिइरहेकाले पुसको पहिलो हप्ताबाट मन्दिरको काम थालिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनुभयो...
-
२०७८ मङ्सिर १२, आइतबार
डब्लुएनओको वर्ल्ड नेवाः हाजिरीजवाफ प्रतियोगिताका विजयी पुरस्कृत
वल्र्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) को आयोजनामा संचालन भैरहेको ‘पहिलो वल्र्ड नेवाः हाजिरी जवाफ प्रतियोगिता–११४१’ विजयी हुनेहरूलाई गत शनिवार एक समारोहका वीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । विश्वभरि छरिएर रहेका नेवाःहरूको अन्तर्राष्ट्रिस्तरको संगठन डब्लुएनओ एक दशक पुगेको अवसरमा उक्त हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा यलबुक स्वां प्रथम, गुलाफ स्वां द्वितीय, सिन्हः...
-
२०७८ मङ्सिर १२, आइतबार
उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण ज्यापु समुदायको कारण भएको प्रधानमन्त्रीको उदघोष
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको उदघोष गर्नु भएको छ । १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीहरुसँगको छलफलमा उहाँले सो कुरा भन्नुभएको हो । यहि आउँदो पुष ४ गतेका दिन बसन्तुपुरमा भव्यताका साथ मनाउन गइरहेको...
-
२०७८ मङ्सिर १२, आइतबार
बालअधिकारको विषयलाई राष्ट्रिय गौरवको विषय बनाउनु पर्नेमा जोड
विश्वबालदिवस २०२१ र सिविन नेपालको ३४औ वार्षिकोत्सवको अवसरमाआयोजना गरिएको विशेष समारोहमा वक्ताहरूले बालबालिकाकाविषयलाई राष्ट्रिय गौरवको विषयबनाउनु पर्नेमा जोड दिनु भएकोछ ।उहाँहरूले जनसंख्याको झण्डै आधा हिस्सा ओगट्ने बालबालिकालाई विकासको मूलधारमा ल्याउनकालागि उनीहरूका मुद्धाहरूलाई उच्चप्राथमिकतामा राखिनु पर्ने समेत बताउनु भएकोछ । कार्यक्रमकाप्रमुखअतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर...
-
२०७८ मङ्सिर ८, बुधबार
पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि स्वीकृत गर्दै काठमाडौँ महानगरको ७१ औँ कार्यपालिका बैठक सम्पन्न
करदाताले तिरेको रकम करदाताकै समृद्धिमा खर्च गर्ने नीति अनुरुप कोष बनाइएको हो — प्रमुख शाक्य मंसिर ८, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । आर्थिक बर्ष ०७५÷०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५...
-
२०७८ मङ्सिर ७, मंगलबार
नेपाल संवत् नववर्षको उपलक्ष्यमा न्हूदँ समारोह समितिले जलपान कार्यक्रम गर्ने
७ मंसिर, काठमाडौं – नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ को आयोजनामा यही कछलागा अष्टमी (मंसिर ११ गते) शनिबार नववर्षको उपलक्ष्यमा जलपान कार्यक्रम गर्ने भएको छ । समारोह समिति जलपान कार्यक्रम उपसमितिका संयोजक ज्योति शाक्यले सो कार्यक्रम शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म थँहितिमा हुने जानकारी दिनुभएको छ । शाक्यले दिनुभएको जानकारीअनुसार जलपान कार्यक्रममा नेवार अगुवा एवं संघीय मामिला तथा...
-
२०७८ मङ्सिर ७, मंगलबार
कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाबीच सम्झौता, अब कीर्तिपुरका जनसमुदायलाई निःशुल्क रगत वितरण हुने
कीर्तिपुर/कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा शुलभ र निःशुल्क रक्तसंचार सेवाको लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाबीच हातेमालो कार्यक्रम भएको छ । कीर्तिपुर १० वडास्थित होटल हिलसाइडमा सोमबार साँझ उक्त कार्यक्रम भएको थियो । उक्त हातेमालो कार्यक्रममा आपतकालीन समयमा कीर्तिपुर नगरबासीका लागि निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ...
-
२०७८ मङ्सिर ७, मंगलबार
नारीलाई सम्मान गर्ने चलन स्वरुप १०८ कन्यापूजा
काठमाडौंको बसन्तपुरमा सोमबार नारीलाई सम्मान गर्ने चलन स्वरुप १०८ कन्यापूजाको आयोजना गरिएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा कन्यापूजाको आयोजना गरेको हो । ‘कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रुपमा पूज्ने चलन छ । त्यसैले पनि नारीलाई सम्मान भावले पूजा गर्ने हाम्रो चलनलाई...
-
२०७८ मङ्सिर ६, सोमबार
गन्तव्य मध्यपुर अभियान : ‘रात्रिकालीन सम्पदा पदयात्रा’ ले लोभ्यायो
भक्तपुर, ६ मङ्सिर - मध्यपुरथिमिको शङ्खधर चोकको दक्षिणपट्टि राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिक छ । त्यही सालिकको पश्चिमपट्टि फोहर फाल्ने भिरालो पाखोलाई मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको हरियो पाँखो, साँझ ढल्किँदै जाँदा बत्तीको उज्यालोले चमक्क चम्के झँै देखिने सालिकदेखि हरिया पाखा देखिन्छन् । त्यहीँ पाखोमा नगरपालिकाले निर्माण गरेको झरना, नजिकै परम्परागत र आकर्षक ढुङ्ेधारा । त्यसको...
-
२०७८ मङ्सिर ६, सोमबार
कालोपत्रे नभएपछि स्थानीयले बन्द गरे गोदावरी सडक
६ मंसिर, ललितपुर - हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर सोमबार बिहानैदेखि बाटो बन्द गरिएको छ । लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेका महर्जनले बताए । लामो...
-
२०७८ मङ्सिर ४, शनिबार
सुन्धारा जग्गा विवादमा जग्गाधनी संचारमाध्यम अगाडी
‘कामपाले सर्वोच्चको फैसलाको अपमान गरेको आरोप’ २०७८ मंसीर १ बुधबार, काठमाडौं - काठमाडौं सुन्धारामा धरहरा पछाडी रहेको जग्गामाथि विवाद भइरहेको लामो समय भइसकेको छ । जग्गाको लालपूर्जा बोकेका जग्गाधनीले सो जग्गा आफ्नो निजी जग्गा भएको दावी गर्दै आएका छन् भने मुस्लिम समुदायले भने सो जग्गा आफुहरुको मस्जिद भएको बताउँदै आएको छ । यो विवाद काठमाडौं महानगरपालिका, पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतसमेत...


