STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साँखुको स्वस्थानी मेलामा कोरोना जोखिमलाई दृष्टिगत गर्दै विशेष सुरक्षाको व्यवस्था

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष २९, बिहिबार

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले बुधबार शालिनदि परिसरमै संचारकर्मीहरुसँग कुरा गर्दै आजसम्म अटुट रुपमा संचालन हुँदै आएको मेलालाई यस वर्ष पनि    निरन्तरता दिने तर  सक्दो सावधानी अपनाउने  बताएको छ ।

अहिले कोरोनाभाईरसको ओमिक्रोन भेरीएन्ट तीब्र गतिमा फैलिरहेको अवस्थामा कोभिड १९ को  संक्रमणको जोखिमको कारण साँखुको प्रशिद्ध माधवनारायण ब्रत मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्‍याउँदै निरन्तरता दिइने बताइएको छ ।

समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै सिमित संख्यामा ब्रतालुहरु राखेर सक्दो सुरक्षित वातावरणमा मेला सम्पन्न गर्ने कुरा बताउनुभयो ।

सम्पूर्ण ब्रतालुसँग पूर्ण खोप लगाएको कार्डको कपी लिनुका साथै निमोनिया भए नभएको यकिन गर्न एक्सरे समेत लिने समितिले जनाएको छ । आवश्यक भए एन्टिजेन परिक्षणकोसमेत व्यवस्था गर्ने कुरा समितिले जनाएको छ ।

विगतका वर्षहरुमा झैं यस वर्ष पनि ठुलै संख्यामा भक्तजन मेलामा आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै मेला भर्न आउनेहरुका लागि माधवनारायणको दुरदर्शनको व्यवस्था गरिने भएको छ ।

मेला अवधिभर स्वयम्सेवक, ब्रतालु र भक्तजनहरुबीच भौतिक दुरी कायम गर्ने  , मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका उपायहरुलाई पनि कडाईकासाथ लागू गरिने पनि समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यस वर्षको स्वस्थानी ब्रत मेलाको क्रममा माघ २ गते ‘चिभ्वय् नयेगु’ अर्थात नुन भोज खाने कार्यक्रम रहेको छ भने ३ गतेबाट ब्रत र पूजा शुरु हुँदैछ ।

Categorized in उपत्यका