STC 810x100 adv
Swasthya Mantralaya

सिंहदरबार प्रवेशमा कडाइ

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २८, बुधबार

पुस २८, काठमाडौं -  सरकारले कोरोना संक्रमण बढेको भन्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यसअघि जारी भएका सै प्रकारका स्थायी/अस्थायी पास तथा अस्थायी परिचियपत्र खारेज गर्ने जानकारी दिएको हो ।

'हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने,' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित नियकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिइ सम्बन्धित निकायबाटै जारी गरिने मन्त्रालयले जनाएको छ ।

Categorized in उपत्यका
Newa Online Adv