STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जयप्रकाश मल्लद्वारा स्थापित कुमारी काेलकाे पुनर्निर्माण सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ४, मंगलबार

ट्रान्स फ्याट तथा मिसावट तेलले  स्वास्थ्यमा हुने हानीलाई दृष्टिगत गरी  काठमाडौंको मुटु झोछेँमा एउटा मल्लकालीन परम्परागत तोरीको तेल उत्पादन गर्ने कोललाई हालै पुनर्जिवन दिइएको छ ।

२०७२ सालको विनासकारी भूकम्पबाट क्षति भएको उक्त कुमारी कोल पुनर्निर्माणका लागि नगरपालिकाबाट १ करोड ६१ लाख ८५ हजार रकम आर्थिक सहयोग मा पुनर्निमाण सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्मित उक्त मल्लकालिन कोलको २०७६ साल फागुन २० गते काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले जगसाइत गर्नुभएको थियो भने उद्घाटन सिमित व्यक्तिहरुको उपस्थितिमा सोमबार मेयर शाक्यले नै गर्नुभएको छ ।

उद्घाटनपश्चात मेयर शाक्यले पहिला सबैजसो घरबाट शिसाको भाँडो बोकेर कोलमा तेल किन्न जाने गर्दथ्यो भन्नुहुँदै आफुले पनि शिसाको भाँडोमा कोलमा तोरीका तेल किन्न जाने गरेको तर पछि यस्ता कोलहरु बन्द भएकाले प्याकेटका तेल किन्न बाध्य भएको बताउनुभयो ।
यस्तो परम्परागत रुपमा कोलमा पेलेको तेल खानलाई मात्र उपयुक्त नभइकन कान, नाख, टाउकोमा समेत प्रयोग हुने बताउँदै उहाँले यस्तो कोलबाट निकालिएको तेल जिउ मालिस गर्नसमेत प्रयोग हुने गरेको बताउनुभयो ।

इतिहास बोकेको यो लाय्कू साः फेरी सञ्चालनमा ल्याउने प्रतिबद्धता दिएको कारण यसमा बजेट विनियोजन गरेका हौं भनि मेयर शाक्यले भन्नुभयो र उहाँले यहाँबाट उत्पादन भएको तेल फेरी मलगायत यहाँका स्थानीयहरुले प्रयोग गर्न पाउने  र एउटा संस्कृति र पहिचानको संरक्षण भएको र पर्यटकीय हिसाबले साँस्कृतिक परम्पराको प्रवद्र्धन पनि भएको छ भनि बताउनुभएको छ ।

त्यस्तै महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले विकास भनेको ठूला ठूला सडक, भवन, परियोजना मात्र होइन भन्नुहुँदै स्थानीय संस्कृति, सम्पदा, भाषाको संरक्षण र प्रवर्द्धन गर्नु स्थानीय तवरमा विकास हो र स्थानीय सरकारको यो पहिलो दायित्व यहि नै हो भन्नुभयो ।

मानन्धर जातीहरुको गौरव ऐतिहासिहक चारवटा साः मध्ये  न्हू साः, दै साः, फल्चा साः, लाय्कू साः २३ वडामै रहेको छ भनि २३ वडाध्यक्ष मचाराजा महर्जनले भन्नुभयो ।

सम्पदा संरक्षणको प्राथमिक नीतिअनुरूप निर्माण हुन लागेको उक्त ऐतिहासिक कोलको खुल्ला प्रतिस्पर्धाबाट निर्माण पक्ष छनौट गर्दा दुप्चेश्वर निर्माण सेवाले १ करोड १३ लाख ९२ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने कबोल गरेको संरक्षण कार्यक्रमका इञ्जिनीयर अमित बज्राचार्यले जानकारी दिनुभयो ।

ई.सं. १७५३ मा राजा जय प्रकास मल्लले हरेकवर्ष कुमारी रथ निर्माण गरेवापत इन्द्रजात्राको बेला खण्डे खटमा बत्ति बाल्न र तलेजु भवानीकोमा हरेक दिन दियो बाल्न चाहिने तेलको लागि कुमारी कोल स्थापना गरी झोछेँका मानन्धरहरुलाई जिम्मा दिएका थिए । राजकुलको कोल भएको हुनाले नेपालभाषा लाय्कू साः र त्यहाँ आबद्ध भएका मानन्धरहरुलाई लाय्कूसाय्मि भनिन्छ भने उक्त कुमारी कोललाई राजकुलको कोल संज्ञा दिएर नेपालभाषामा लाय्कूसाः पनि भन्ने गरिएको कुरा लाय्कूसाःका अध्यक्ष पुर्ण प्रसाद मानन्धरले जानकारी दिनुभयो ।

Categorized in उपत्यका