उपत्यका
-
२०७८ भाद्र २७, आइतबार
विद्यालय सञ्चालन गर्दा जोखिम अनुगमन पालिकाको जिम्मामा
काठमाडौं - कोरोना सङ्क्रमणको जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न बसेको काठमाडौं जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक सकिएको छ । बैठकले जिल्लामा कोभिड परीक्षणको दायरालाई वृद्धि गर्दै लैजाने, स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खोपको विस्तारमा जोड दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । बैठकले असोज १ गतेबाट...
-
२०७८ भाद्र २४, बिहिबार
छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन महानगरपालिकाको अनुदानमा बन्ने
छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको छ । त्यस अवसरमा मेयर शाक्यसहित उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो । छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा करीब ३५ करोड रुपैयाँ लागतमा नयाँ...
-
२०७८ भाद्र २४, बिहिबार
पाटन दरबार सङ्ग्रहालय खुल्यो
ललितपुर - पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको...
-
२०७८ भाद्र २४, बिहिबार
माफियाले जग्गा हडप्दा ३०० वर्ष पुरानो गोकर्णेश्वर खट जात्रा सङ्कटमा
काठमाडौँ - भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ । गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा गुठीका नाममा रहेको तीन रोपनी दुई आना जग्गा भूमाफियाले कब्जा गरी फुटसल चलाउन थालेपछि विसं १८०१ मा चलेको जात्राको अस्तित्व सङ्कटमा परेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी सुरेश...
-
२०७८ भाद्र २३, बुधबार
ललितपुरको बालकुमारी मन्दिरकाे पुनःनिर्माण अघि बढ्यो
ललितपुर - ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो । कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताए । उनले भने, “महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र...
-
२०७८ भाद्र २२, मंगलबार
काठमाडौंका ३ सय ८२ वटा घर डुबानमा
काठमाडौं - काठमाडौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । ३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् । रामकोट, बाफल,...
-
२०७८ भाद्र २१, सोमबार
उपत्यकाका नदीहरूमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
बिहानैदेखि लगातार पानी परेपछि देशका विभिन्न नदीहरूमा जल सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीहरूमा जल सतह बढेका कारण बस्तीमा बाढी पस्ने खतरा पैदा भएकोले नदी तटीय र जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन बाढीविज्ञले आग्रह गरेका छन् । काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी जलाधारहरूमा पछिल्लो ६ घण्टादेखि वर्षा भएको छ । उपत्यका भई बहने साना नदीहरुमा पनि जलसतह बढ्दो हुने, केही साना...
-
२०७८ भाद्र १८, शुक्रबार
काठमाडौंको ग्वफः टोलमा त्वाः छेँ शिलान्यास
रकम अभावका कुनै पनि परम्परागत संस्कार बन्द हुन दिँदैनौ — प्रमुख शाक्य काठमाडौं/काठमाडौँ महानगरपालिका वडा नम्बर २१ ग्वफः टोलमा त्वाः छेँ (भवन) को शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त भवन शिलान्यास गर्नुभएको थियो । पैसा नभएर कुनै पनि परम्परागत सस्कार बन्द हुन दिँदैनौँ । समुदायले बचाइ राखेको संस्कारलाई पुस्तान्तरण गर्न हामीले राज्यतर्फबाट लागत सहभागिता बढाएका छौँ ।...
-
२०७८ भाद्र १८, शुक्रबार
अभिभावक गुमाएको अनुभूति प्रकट : वडाध्यक्ष श्रेष्ठको निधनप्रति प्रमुख शाक्यबाट शोक सन्देश
काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो : मेयर शाक्य काठमाडौँ/काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यद्वारा वडा १९ का वडा अध्यक्ष शशीलाल श्रेष्ठको निधनबाट आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनु भएको छ । आज शुक्रबार एक शोक सन्देश जारी गर्दै मेयर शाक्यले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ ।...
-
२०७८ भाद्र १८, शुक्रबार
पशुपतिनाथ मन्दिर खोल्ने तयारी
काठमाडौँ- पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत...
-
२०७८ भाद्र १८, शुक्रबार
वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो । उहाँको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले...
-
२०७८ भाद्र १७, बिहिबार
काठमाडाैँ उपत्यकाको निषेधाज्ञा हटाइयो, विद्यालय सञ्चालन गर्न सकिने
काठमाडौं - कोभिड १९ को संक्रमण रोक्नका लागि काठमाडाैँ उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने आदेश जारी गरेको हो । नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने जनाइएकाे छ । यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु...


