उपत्यका
-
२०७८ आश्विन १४, बिहिबार
काठमाडौँ महानगरपालिकाले असुल गर्याे ६ करोड बक्यौता
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबट रु छ करोड बक्यौता असुल गरेको छ। लामो समयसम्म कर नतिरेका ठूला करदातालाई कामपाले पटकपटक सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएर कर तिर्न थालेका हुन् । यसअघि कमपाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो। महानगरले...
-
२०७८ आश्विन १०, आइतबार
सोमबार देखि १८ वर्ष माथिका सबैलाई अष्ट्राजेनिका खोप
काठमाडौं - काठमाडौँ महानगरपालिकाले (भोली) सोमबार देखि १८ वर्ष माथिका सबैलाई खोप लगाउने भएको छ । महानगरपालिकाको आज एक सुचना जारी गर्दै ३२ वडाको खोप केन्द्रबाट अष्ट्राजेनिका खोप उपलब्ध गराउने महानगरले जनाएको हो । तोकिएका खोप केन्द्रहरुमा १० बजेदेखि ४ बजेसम्म खोप लगाइने छ । यस्तै महानगरले थप ७ वटा खोप केन्द्र पनि थप गरेको छ । थपिएका खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल, शशस्त्र प्रहरी बल, बीर अस्पताल...
-
२०७८ आश्विन १०, आइतबार
खड्गी समुदायका ७५ बाजा खल र गुठीबाट काठमाडौँ महानगरका प्रमुख उपप्रमुख सम्मानित
सम्पदा संरक्षण गर्न पैसाको अभाव छैन, काठमाडौँ महानगरले सम्पदा पुननिर्माण गरेर समुदायलाई हस्नान्तरण गर्दै आएको छ — प्रमुख शाक्य असोज ९ काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा...
-
२०७८ आश्विन ९, शनिबार
यःसिँ ढालेसँगै इन्द्रजात्रा सम्पन्न
काठमाडौं - ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको यःसिँ शुक्रबार राति १० : ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपतन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । शुक्रबार राति इन्द्रध्वजपतन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।...
-
२०७८ आश्विन ७, बिहिबार
मापदण्डसहित विद्यालय खोल्न काठमाडाैं महानगरपालिकाले दियो अनुमति
काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो । योसँगै विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन गराउन पाउने भएका हुन् । विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै...
-
२०७८ आश्विन ६, बुधबार
रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम नरोकिने : मेयर शाक्य
नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्ण रुपमा अन्त्य भएको बताउनुभएको छ भने यसप्रति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनी मन्त्री नियुक्त हुनुभएकोमा डा अजयक्रान्ति शाक्यलाई स्वागत र संस्कृति...
-
२०७८ आश्विन ४, सोमबार
आज इन्द्रदहमा मेला
भादगाउँ, ४ असोज - भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो । देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्र दहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्यप्राप्ति...
-
२०७८ आश्विन २, शनिबार
संचित सहकारीकाे क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
भक्तपुरकाे सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाकाे शिक्षा उपसमितिले शिष्टता मिलाएर बोल्ने शैली तथा आैपचारिक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष याेगेन्द्र खर्बुजाले संस्थागत विकासलाई दृष्टिगत गरी क्षमता विकास...
-
२०७८ भाद्र ३१, बिहिबार
सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको अनुरोध
काठमाडौं -जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारीले गोबिन्दप्रसाद रिजालले बिहीबार एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमण कायमै रहेकोले स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेका हुन्। यस्तै, अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने...
-
२०७८ भाद्र २९, मंगलबार
कीर्तिपुर नपाले गरेको गल्ती लिखित रुपमा सच्याउनु पर्छ : संस्कृतिविद् प्रयागमान प्रधान
कीर्तिपुर/‘कीर्तिपुर नगरपालिकाले लाय्कू टोलमा कीर्तिपुर दरबार निर्माण गर्ने सन्दर्भमा गल्ती गरेको छ । गल्ती के हो त भने, संचारमाध्यममा कीर्तिपुर नगरपालिकाले कीर्तिपुर दरबार पुनःनिर्माणको लागि ६ करोड रकमको टेण्डर आह्वानको लिखित रुपमा विज्ञापन गरिसकेको छ । अब आएर मेयरसाबले त्रुटिबस् कीर्तिपुर दरबार हुन गयो, दरबारको झल्को दिने स्वरुपमा १ वडा भवन मात्र निर्माण गर्न लागेको खुलासा गरेको सुन्नमा आएको छ...
-
२०७८ भाद्र २९, मंगलबार
टोल–टोलमा सांस्कृतिक एकता अभियान “देवढोका यँलासि” बाजागाजा प्रतियोगिता
कीर्तिपुर/कीर्तिपुर डाँडोमा रहेका विभिन्न टोल–टोलमा रहेका बाजागाजाहरुलाई प्रोत्साहन एवं सांस्कृतिक एकता अभियान स्वरुप कीर्तिपुर नगरपालिका २ वडा देवढोकामा अवस्थित देवढोका दाफा खलः र ईन्द्रायणी परिवार क्लबको संयुक्त आयोजनामा तथा कीर्तिपुर नगरपालिका २ वडाको सहयोगमा ‘देवढोका यँलासि’ बाजागाजा प्रतियोगिताको आयोजना गरेको छ ।ने.सं. ११४१ यँलाथ्व पारु (भाद्र २२ गते) मंगलबारदेखि नेपाल संवतको महिना ‘यँला’को...
-
२०७८ भाद्र २७, आइतबार
विद्यालय सञ्चालन गर्दा जोखिम अनुगमन पालिकाको जिम्मामा
काठमाडौं - कोरोना सङ्क्रमणको जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न बसेको काठमाडौं जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक सकिएको छ । बैठकले जिल्लामा कोभिड परीक्षणको दायरालाई वृद्धि गर्दै लैजाने, स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खोपको विस्तारमा जोड दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । बैठकले असोज १ गतेबाट...


