STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चार फिटको शंखधरको मूर्ति प्रदर्शनमा राखिने

Janjati Khabar – राकेश महर्जन | २०७८ कार्तिक १, सोमबार

२०७८ कार्तिक १, काठमाडौं - नेपाल संवत्का प्रवद्र्धक शंखधर साख्वाःको करिब चार फिटको मूर्ति विविध कार्यक्रमहरुमा प्रदर्शनमा राखिने भएको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ ले यस वर्ष नेपाल संवत् तथा शंखधर साख्वाः विषयमा हुने विविध कार्यक्रमहरुमा शंखधर साख्वाःको मूर्ति प्रदर्शनमा राख्ने भएको छ ।

नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मानमा सो मूर्ति प्रदर्शनमा राखिन लागेको समितिले जनाएको छ ।

११४२ न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले सो मूर्तिको निर्माण चाँडै सम्पन्न हुने एक कार्यक्रमबीच त्यसको अनावरण गरिने जानकारी दिनुभएको छ । शाक्यले न्हूदँ ११४२ को उपलक्ष्यमा हुने सबै कार्यक्रममा शंखधरको मूर्ति प्रदर्शनमा राखिने जानकारी पनि दिनुभएको छ ।

सो मूर्ति निर्माण र यसको प्रदर्शनी व्यवस्थापनको लागि समारोह समितिका सदस्य सत्यनारायण डंगोलको संयोजकत्वमा एक उपसमिति पनि गठन भइसकेको छ ।

 

Categorized in उपत्यका