STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ चैत्र २०, शुक्रबार

    आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहर उठ्ने

    काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो ।        लामो समयको अवरोधपछि आज...

  • २०७७ चैत्र २०, शुक्रबार

    पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित

    काठमाडौं÷मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । २० हजार रुपैयाँ राशीसहित स्थापितलाई पुरस्कृत गरिएको हो ।...

  • २०७७ चैत्र १९, बिहिबार

    नेवा: पत्रकार राष्ट्रिय दबू येँ जिल्लाको साधारणसभा सम्पन्न

    नेवा: पत्रकार राष्ट्रिय दबू येँ (काठमाडौं) जिल्लाको छैठाैं साधारणसभा बुद्धबार सम्पन्न भएको छ। काठमाडौं जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंको सभापतित्वमा लखतिर्थस्थित कार्यालयमा सम्पन्न  सभामा दबूका   सचिव रत्नकाजी महर्जनले वार्षिक  प्रतिवेदन  प्रस्तुत गरेका थिए। यस्तै, कोषाध्यक्ष राजेन्द्र मानन्धरले  आर्थिक प्रतिवेदन  प्रस्तुत गरेका थिए। प्रमुख अतिथि का रुपमा उपस्थित नेवा: पत्रकार राष्ट्रिय दबूका...

  • २०७७ चैत्र १८, बुधबार

    सूचना केन्द्रले सिङ्गो महानगरको सूचना प्रवाह गर्ने दावी

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बालाजु सुचना केन्द्रबाट सिंगो महानगरको सुचना पाउन सकिने बताउनु भएको छ ।  उक्त  बालाजु बाईपासमा रहने सूचना केन्द्रको आज इक कार्यक्रमको बीच माननीय सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । निर्माणाधिन सुचना केन्द्र  निरीक्षण गर्न पुगेका प्रमुख शाक्यले   यो सुचना...

  • २०७७ चैत्र १७, मंगलबार

    सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरी छाड्ने मेयर शाक्यको भनाई

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरी छाड्ने र त्यति काम पुरा  गरेरमात्र मेयर पदबाट विदा हुने विचार व्यक्त गर्नुभएको छ । नेवाः देय् दबू, काठमाडौं जिल्ला समितिले दिएको सम्मान ग्रहण गर्दै महानगर प्रमुख शाक्यले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि स्थानीय...

  • २०७७ चैत्र १७, मंगलबार

    सम्पदा क्षेत्रमा भईरहेको व्यापारिक प्रयोजनबारे पुरातत्वको आलटाल

    विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौँ महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ ।  विभागलाई महानगरपालिका ले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गरेको तर, त्यस्ता प्रयोजनहरु हटाउन ढिलासुस्ती...

  • २०७७ चैत्र १६, सोमबार

    काठमाडौँ महानगरपालिकाको फोहोर विसर्जनमा अवरोध नगर्न सिसडोलवासीलाई अनुराेध

    नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले  काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको बताएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाकर्षण भएको जानकारी दिएको हो । ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी...

  • २०७७ चैत्र १५, आइतबार

    काठमाडौँको बाक्लो तुवाँलो अझै दुई–तीन दिनसम्म रहने

    काठमाडौँ - शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा ढाकेकाे बाक्लो तुवाँला अझै दुई–तीन दिनसम्म रहने जनाइएको छ । स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले...

  • २०७७ चैत्र १५, आइतबार

    होली पर्व मनाइयो

    काठमाडौँ - आइतबार फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइयो । आइतबार हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइएको हो । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिए पनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना...

  • २०७७ चैत्र १५, आइतबार

    काठमाडाैंमा मेलम्चीको पानी

    काठमाडौँ - मेलम्चीको पानी काठमाडौंको महाकाल क्षेत्रमा वितरण सुरु भएको छ । आइतबार दिउँसो महाकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएकाो थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । उक्त पानी आइतबार दिउँसोदेखि नै...

  • २०७७ चैत्र १५, आइतबार

    विश्व नेवाः दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित

    विश्वभरी छरिएर रहेका नेवाः समुदाय विभिन्न कार्यक्रम गरी मार्च महिनाको अन्तिम शनिबार  आज विश्व नेवाः दिवस मनाइरहेका छन्  भने विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको वसन्तपुरमा यसै अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरेका र विभिन्न किसिमले समुदायको उत्थानमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । सम्मानित सबैलाई काठमाडौं...

  • २०७७ चैत्र १५, आइतबार

    महाँकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा आजबाट मेलम्चीको पानी

    काठमाडौँ उपत्काका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले...

Pages