उपत्यका
-
२०७८ पौष २५, आइतबार
ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गर्नुभएको हो । ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्षअघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन् । सो राजकुलोको सञ्चालन विगतमा गाउँका...
-
२०७८ पौष २५, आइतबार
काेराेना संक्रमित बढेसँगै काठमाडौंमा कडाइ गरिने
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा सुरक्षा मापदण्ड पालनामा कडाइ गरिने भएको छ । कोरोनाको संक्रमणदर एक सातामै बढेर ३ प्रतिशतबाट ७ प्रतिशतमा पुगेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले मापदण्ड पालनामा कडाइ गर्ने रणनीति बनाएका हुन् । ‘जोखिम बढेको छ । संक्रमण बढ्न नदिन अहिले नै पूर्वतयारी गर्न थालेका छौँ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘मापदण्ड...
-
२०७८ पौष २२, बिहिबार
नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ । आज गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक...
-
२०७८ पौष १६, शुक्रबार
हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड
१६ पुस, काठमाडौं - अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा...
-
२०७८ पौष १६, शुक्रबार
काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न
पुस १५, काठमाडौं - २०७२ सालको भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । आगामी माघ २ मा भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक...
-
२०७८ पौष १३, मंगलबार
नेवाः पत्रकार राष्ट्रिय दबूले गरे सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग
नेवार पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ । स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन् । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ...
-
२०७८ पौष १३, मंगलबार
बौद्धनाथ महाचैत्यमा हावाले नच्यातिने लुङ्दर
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको महाचैत्यमा हावाले नच्यातिने लुङ्दर राखिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दाता आएपछि बौद्ध महाचैत्यको लुङ्दर परिवर्तन गर्दै आएको छ । पहिले हावा लाग्दा लुङ्दर च्यातिने गथ्र्यो । लुङ्दर च्यातिएर विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र प्रदूषित भएकाले नच्यातिने गुणस्तरको राख्न थालिएको हो । दाताले लुङ्दर परिवर्तनका लागि गुठीलाई नगद दान दिने...
-
२०७८ पौष ५, सोमबार
भृकुटीमण्डप बजारलाई व्यवस्थित गरिने
५ पुस, काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी हुन् । उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना...
-
२०७८ पौष ४, आइतबार
याेमरि पुन्हि र ज्यापु दिवस मनाउँदै
काठमाडौं -आज १८ औं ज्यापु दिवस । नेवारी संस्कृति संरक्षणका लागि आज राजधानीको वसन्तपुरमा र्याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेका छन्। र्यालीमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य पनि सहभागी भए। हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन...
-
२०७८ मङ्सिर २९, बुधबार
लैगिक हिंसा बिरुद्धको अभियान निरन्तरतामा प्रतिबद्ध युवा
यस वर्षको लैगिक हिंसा बिरुद्धको बिश्वब्यापी १६ दिने अभियान शुक्रवार टुंङ्गिदैं गर्दा ललितपुरका युवाहरुले यस्को निरन्तरताकालागि युवा साझेदारी अभियानको घोषणा गरेका छन । महानगरिय प्रहरी प्रभाग मंगलबजारको सहकार्यमा राष्ट्रिय युवा महासंघ ललितपुरले शुक्रबार पाटन संग्रहालयको प्रांगणमा “लैंगिक हिंसा बिरुद्ध युवा साझेदारी घोषणा” कार्यक्रमको आयोजना गरेका हुन । जिल्लाका महिला समूह लगायत विभिन्न संघसंस्थाका...
-
२०७८ मङ्सिर २६, आइतबार
काठमाडौं महानगरपालिकाले महानगर दिवसको सुशासन पत्रकारिता पुरस्कार दिने
काठमाडौंमा आइतबार आयोजित एक पत्रकार भेटघाटमा तीन दिने महानगर दिवस मनाउने बारे जानकारी दिनुहुँदै यो वर्ष पनि दसजना पत्रका्लाई सुशासन पत्रकारिता पुरस्कार दिने कुरा कामपा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ । २७ औं महानगर दिवस यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन मनाउने निर्णय गरेको हो । दिवसबारे थप...
-
२०७८ मङ्सिर २३, बिहिबार
रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइयो
मंसिर २३ - वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन र अर्को ६ महिना बुङ्मतीमा राखिने चलनअनुसार दिउँसो तःबहाल ल्याइएको हो । मच्छिन्द्रनाथलाई पाँच बजे मन्दिर भित्र्याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । 'हामीले पौने ३ बजे बुङ्मतीबाट करुणामयलाई बोकेर हिँडेका थियौँ,' शाक्यले भने । गुरुज्यूको पल्टनले...


