STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चाबहिल र मित्रपार्क आकाशे पुलको मेयर शाक्यले गरे शिलान्यास

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

माघ ९, काठमाडौं - काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।

आज (आइतबार) काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।

शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।

उनले स्थानीयहरूको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समयअगावै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ भने जेठ २०७९ भित्र पुल निर्माण सक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइका हुनेछन् ।

Categorized in उपत्यका