STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा शुक्रबार रातिदेखि जोर-विजोर लागू

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ६, बिहिबार

काठमाडौं, माघ ६ - काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको र उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा-छुट्टै आदेश जारी गरेकाे छ ।

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय गरेको हो । शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने निर्णयमा जनाइएको छ ।

Categorized in उपत्यका