STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा थपिए ५ हजार २९९ जना कोरोना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ७, शुक्रबार

काठमाडौं, माघ ७ - काठमाडौं उपत्यकामा थप ५ हजार २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ४२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

याेसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ पुगेको छ ।

Categorized in उपत्यका