STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ माघ ७, शुक्रबार

    उपत्यकामा थपिए ५ हजार २९९ जना कोरोना संक्रमित

    काठमाडौं, माघ ७ - काठमाडौं उपत्यकामा थप ५ हजार २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ४२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभर १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना संक्रमणमुक्त भएका छन्...

  • २०७८ माघ ७, शुक्रबार

    कोरोना कहर: शनिबारदेखि काठमाडौंका सबै संग्रहालय बन्द हुने

    काठमाडौं, माघ ७ - कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि काठमाडौंका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शुक्रबार राति १२ बजेदेखि राजधानीका सबै सङग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार...

  • २०७८ माघ ६, बिहिबार

    उपत्यकामा शुक्रबार रातिदेखि जोर-विजोर लागू

    काठमाडौं, माघ ६ - काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको र उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा-छुट्टै आदेश जारी गरेकाे छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय...

  • २०७८ माघ ५, बुधबार

    पशुपतिनाथको मूल मन्दिर बन्द

    ५ माघ, काठमाडौँ - काठमाडौं उपत्यकामा कोरोनाभाइरस तीव्र गतिमा बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द गरिएको छ । आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर बन्द गरिएको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नित्य पूजाबाहेक अरू सबै पूजा बन्द गरिएको जानकारी दिए । ‘‘अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका छौँ । कोरोना महामारी तीव्र गतिमा फैलँदा भिडभाडजन्य गतिविधि...

  • २०७८ माघ ४, मंगलबार

    श्रीघःबहालमा हारती अजिमाको मन्दिर शिलान्यास

    श्रीशान्तिघट बज्रधातु चैत्य महाविहारअनि काशि स्वयम्भु भनेर पनि चिनिने श्रीघःबहालमा रहेको   हारती अजिमा द्यःको  मन्दिर पुननिर्माण मंगलबार बाट थालिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २५ श्रीघः विहार, श्रीशान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको मन्दिरको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेर पुननिर्माणको काम शुरुवात गर्नुभएको हो । पुननिर्माणका लागि महानगरले  १...

  • २०७८ माघ ४, मंगलबार

    जयप्रकाश मल्लद्वारा स्थापित कुमारी काेलकाे पुनर्निर्माण सम्पन्न

    ट्रान्स फ्याट तथा मिसावट तेलले  स्वास्थ्यमा हुने हानीलाई दृष्टिगत गरी  काठमाडौंको मुटु झोछेँमा एउटा मल्लकालीन परम्परागत तोरीको तेल उत्पादन गर्ने कोललाई हालै पुनर्जिवन दिइएको छ । २०७२ सालको विनासकारी भूकम्पबाट क्षति भएको उक्त कुमारी कोल पुनर्निर्माणका लागि नगरपालिकाबाट १ करोड ६१ लाख ८५ हजार रकम आर्थिक सहयोग मा पुनर्निमाण सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र संरक्षण...

  • २०७८ माघ ४, मंगलबार

    माघ महिनाभर सभा, भेला गर्न नपाइने

      बढ्दो कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन आज मध्यरातदेखि माघ मसान्तसम्म लागू हुने गरी काठमाडौँ, ललितपुर...

  • २०७८ पौष २९, बिहिबार

    साँखुको स्वस्थानी मेलामा कोरोना जोखिमलाई दृष्टिगत गर्दै विशेष सुरक्षाको व्यवस्था

    श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले बुधबार शालिनदि परिसरमै संचारकर्मीहरुसँग कुरा गर्दै आजसम्म अटुट रुपमा संचालन हुँदै आएको मेलालाई यस वर्ष पनि    निरन्तरता दिने तर  सक्दो सावधानी अपनाउने  बताएको छ । अहिले कोरोनाभाईरसको ओमिक्रोन भेरीएन्ट तीब्र गतिमा फैलिरहेको अवस्थामा कोभिड १९ को  संक्रमणको जोखिमको कारण साँखुको प्रशिद्ध माधवनारायण ब्रत मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्...

  • २०७८ पौष २८, बुधबार

    सिंहदरबार प्रवेशमा कडाइ

    पुस २८, काठमाडौं -  सरकारले कोरोना संक्रमण बढेको भन्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यसअघि जारी भएका सै प्रकारका स्थायी/अस्थायी पास तथा अस्थायी परिचियपत्र खारेज गर्ने जानकारी दिएको हो । 'हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने,' मन्त्रालयले जारी गरेको...

  • २०७८ पौष २८, बुधबार

    कीर्तिपुरमा १२ औं नेवाः एकता दिवस भव्य रुपमा मनाइयो

    ने.सं. ११४२ पोहेलाथ्व नवमी (२०७८ पुस २७ गते) मंगलबार १२ औं नेवाः एकता दिवस कीर्तिपुर नगरपालिका ८ वडा पांगाको लाछिमा भव्य रुपमा मनाइयो । १२ औं नेवाः एकता दिवस संयुक्त आयोजक समितिको आयोजनामा भएको उक्त नेवाः एकता दिवसमा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनका साथ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य एवं तोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको विशेष उपस्थिति रहेको थियो र उहाँहरुलाई...

  • २०७८ पौष २७, मंगलबार

    काठमाडौंको स्वास्थ्य मापदण्डमा कडाइ, २५ जना बढी भेला हुन नपाइने

    २७ पुस काठमाडौं - काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ । यस्तै भीडभाड तथा राजनीतिक...

  • २०७८ पौष २६, सोमबार

    कीर्तिपुरमा ऐतिहासिक मभिं पोखरी पुनःनिर्माणमा स्थानीयहरुको आक्रोश

    कीर्तिपुर ३ वडा खासीबजारस्थित मभिं पुखू (पोखरी) पुनःनिर्माणको सम्बन्धमा त्यहाँका स्थानीय बासिन्दाले कीर्तिपुर नगरपालिका ३ वडाको कार्ययोजनाप्रति आक्रोश पोखेका छन् । कीर्तिपुर ३ वडास्थित खासीबजारमा ऐतिहासिक धरोहर सम्पदाको रुपमा लहरै तीन वटा पोखरीहरु अवस्थित छ्न् । भिं पुखू, दथु पुखू र मभिं पुखू नामांकन गरिएको ती पोखरीहरुले कीर्तिपुरको ऐतिहासिकतालाई जीवन्तता दिइरहेको जानकारी इतिहासविदहरु बताउँछन् ।...

Pages