उपत्यका
-
२०७८ माघ २५, मंगलबार
इन्द्रायणी पार्कको मेयर शाक्यद्वारा शिलान्यास
माघ २५, काठमाडौं - काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलान्यास गरेका हुन् । २ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड...
-
२०७८ माघ २४, सोमबार
फागुन १ देखि स्कुल खुल्ने
माघ २४, काठमाडौं - फागुन १ गतेदेखि भौतिक उपस्थितिमै काठमाडौं उपत्यकाका विद्यालयहरु सञ्चालनमा आउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने निर्णय गरेको हो । तर १२ वर्ष पुरा नभएका विद्यार्थीहरुको...
-
२०७८ माघ २४, सोमबार
काठमाडौंमा जोर बिजोर प्रणाली हट्यो
माघ २४, काठमाडौं - कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीका साधनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय मध्यरातिबाट लागू भएको हो । ७ माघ मध्यरातिदेखि जोर बिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीका साधनमा जोर...
-
२०७८ माघ २२, शनिबार
पाटनमा भिमसेन मन्दिर स्थानीयको अग्रसरतामा पुनःनिर्माण
पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति मार्फत मन्दिर पुनःनिर्माण कार्यले पूर्णता पाएको हो भने सो मन्दिर स्थानिय समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार क्षेत्रको पहिलो मन्दिर बन्न पुगेको छ ।त्यति मात्र नभई पुनःनिर्माणमा लागेको कूल लागत मध्ये समुदायकै बढी हिस्सा ओगटिएको कुरा पुनःनिर्माण...
-
२०७८ माघ २०, बिहिबार
पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना
पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दामाथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ शुरुको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दावी गर्नुहुन्छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित उक्त जग्गामा दोस्रो वर्षदेखि त्यहाँ बसेवापत् श्रेष्ठको खेतबारीमा काम गरेर भाडाको पैसा कटाउँदै आएको उहाँ बताउनुहुन्छ । तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का...
-
२०७८ माघ १५, शनिबार
सार्वजनिक सवारीमा जोरविजोर हट्यो, ट्याक्सी र निजीमा कायमै
माघ १५, काठमाडौं - काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा शुक्रबार जारी आदेशमा...
-
२०७८ माघ १४, शुक्रबार
माधवनारायण मेलामा घस्रदै यात्रा
एक महिने माधवनारायण व्रत एवं मेलाको क्रममा आज एकादशीका दिन पुरुष बर्तालुले टौमढीको तिल माधवनारायणको मन्दिरदेखि हनुमान घाटस्थित त्रिवेणीसम्म गुल्टिँदै, घस्रिँदै र पल्टिँदै कठिन यात्रा पार गर्दै माधवनारायणको दर्शन गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको एक महिने मेला पूर्ण गर्न व्रत बसेका ब्रतालुले भक्तपुरका टौमढी, गोल्मढी, दत्तात्रय लगायतका क्षेत्रमा पल्टिँदै,...
-
२०७८ माघ १४, शुक्रबार
मेलम्चीको पानी आगामी चैतभित्र काठमाडौँमा ल्याइने
खानेपानी उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुग्नुभएका मन्त्री चौधरीले चिनीया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको...
-
२०७८ माघ १२, बुधबार
शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उहाँले भन्नुभयो । विभागले आगामी २४ घण्टाका लागि चेतावनी...
-
२०७८ माघ १०, सोमबार
भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’
भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा...
-
२०७८ माघ ९, आइतबार
चाबहिल र मित्रपार्क आकाशे पुलको मेयर शाक्यले गरे शिलान्यास
माघ ९, काठमाडौं - काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आज (आइतबार) काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् । शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयहरूको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समयअगावै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त...
-
२०७८ माघ ९, आइतबार
चोक चाोकमा जाेर विजाेर जाँच गर्दै प्रहरी
माघ ९, काठमाडौं - काेराेना संक्रमणकाे राेकथामका लागि सरकारले काठमाडाैं उपत्यकामा जाेर विजाेर प्रणाली लागू गरेकाे छ । जाेर विजाेर प्रणाली लागू गराउन प्रहरीले सक्रिय बनेकाे छ । काठमाडाैंका चाेक चाेकमा चेकिङ भइरहेकाे छ । जाेर विजाेर प्रणाली उल्लंघन गर्नेलाई प्रहरीले सवारी राेकेर जरिवानासमेत तिर्न लगाइरहेकाे छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले...


