STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७८ बैशाख १२, आइतबार

    उपत्यकाका सबै जिप्रकाका अत्यावश्यक बाहेक सबै सेवा स्थगित

    काठमाडौं -  काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा...

  • २०७८ बैशाख ११, शनिबार

    काठमाडाैं उपत्यकामा चार साता लकडाउन गर्न मन्त्रालयको सिफारिस

    कोरोना संक्रमितको संख्या बढ्दै गएकाले काठमाडाैं उपत्यका अतिप्रभावित जिल्लामा चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समिति सीसीएमसीको बैठकमा यसबारेमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 'सीसीएमसीको बैठकमा स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व रहन्छ । त्यसमा यो विषयको सुझाव दिइएको छ जनस्वास्थ्यको संवेदनशीलताका आधारमा...

  • २०७८ बैशाख ११, शनिबार

    नयाँ बनाइएको भ्युटावर 'धरहरा'को ओलीद्वारा उद्घाटन

    २०७२ सालको भूकम्पले ढालेको धरहरा पुनर्निर्माणपछि आज उद्घाटन गरिएकाे छ । प्रधानमन्त्री केपी ओलीले केही बेरअघि नयाँ धरहराको उद्घाटन गरेका हुन् । धरहराकाे प्रवेशद्वारमा राखिएकाे शिलालेखकाे अनावरणपछि प्रधानमन्त्री ओलीले ढाेकाकाे रिवन काटेर धरहराकाे उद्घाटन गरेका हुन् । उद्घाटन भए पनि तत्काल धरहराकाे अवलोकन गर्न भने पाइने छैन । याे निर्माण सम्पन्न भइसक्न बाँकी नै छ । भूमिगत संरचनासहित नयाँ धरहरा...

  • २०७८ बैशाख ९, बिहिबार

    सेतो मच्छेन्द्रनाथको रथ लगनमा

    काठमाडौँ, वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी हनुमानढोकाबाट लगनटोल पु¥याइएको छ ।चैत्र शुक्ल नवमीका दिन बुधबार असनबाट हनुमानढोका पु¥याइएको रथ आज दिउँसो त्यहाँबाट जैसीदेवल हुँदै लगनटोलसम्म यात्रा गराइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।     प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट...

  • २०७८ बैशाख ९, बिहिबार

    वैशाख १० गतेदेखि पशुपतिनाथ दर्शनमा रोक

    काठमाडौँ - कोरोना संक्रमण तिव्र गतिमा फैलिदैं गएपछि पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय गरेको कोषले जनाएको छ । ‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका...

  • २०७८ बैशाख ७, मंगलबार

    सार्वजनिक स्थानमा जथाभावी नथुक्न आग्रह

    काठमाडौ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो । प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि...

  • २०७८ बैशाख ४, शनिबार

    करदातालाई जागरुक बनाउने सडक नाटक ‘आनसुकी घरबेटी बा’

    काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन  ‘सडक नाटक’ अभियान सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो ।  करदातालाई दबाब दिएर होइन कर तिर्नु नागरिक दायित्व हो र करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु...

  • २०७८ बैशाख ४, शनिबार

    बसपार्कका पसलहरुमा महानगरपालिकाको सिलबन्दी

     लामो समयदेखि बिना सम्झौता सञ्चालन भैरहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि शिलबन्दी गरेको जानकारी दिनुभयो ।  काठमाडौँ महानगरपालिका राजश्व बिभाग प्रमुख...

  • २०७८ बैशाख १, बुधबार

    नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान थालियो

    काठमाडौं उपत्यकाका नदिहरु सफा गर्ने उद्देश्यले  नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ । संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको सांसद श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७...

  • २०७७ चैत्र ३१, मंगलबार

    सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड बमोजिम गर्ने तयारी

    –पूर्णप्रसाद मिश्र कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था...

  • २०७७ चैत्र ३१, मंगलबार

    एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क हट्ने

    काठमाडाैं - एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो । खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने नयाँ बसपार्क, काटेश्वर वा सो...

  • २०७७ चैत्र ३०, सोमबार

    सन्ततिमा संस्कृति हस्तान्तरण

    नयाँ पुस्तामा साँस्कृतिक चेतना जागृत होस भन्ने उद्देश्यले    सिवाः साय्‌मि खलः संस्कृति विभागकाे आयाेजनामा भइरहेकाे बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमकाे समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयाे । २०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाच:ह्रे) देखि सुरू गरिएकाे बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१ चिल्लागा द्वादशी) बिहिवार थिमि-४ स्थित सिवाटाेलमा बाँसुरी बाजा प्रशिक्षणकाे समापन...

Pages