STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाका कारण काठमाडौँमा लगाइएका सबै प्रतिबन्ध हटाइयो

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २१, शनिबार

ओमिक्रोन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ ।

शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिइएको छ ।

कोरोना संक्रमण फैलिएसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले विगतमा विभिन्न समयमा प्रतिबन्ध लगाएको थियो । उपत्यकामा माघ २३ गतेबाट स्मार्ट लकडाउन लागू गरिएको थियो ।

Categorized in उपत्यका