relans
ni new 83
nib 2082 5

बहाःबही सम्बन्धी ललितपुरमा फागुण २१ र २२ गते बृहत गोष्ठी

Janjati Khabar – LALENDRA SHAKYA | २०७८ फाल्गुण १९, बिहिबार

काठमाडौं उपत्यकाका बौद्ध विहार (बहाःबही) को इतिहास र संस्कृति सम्बन्धी पुस्तक तयार पारे उद्देश्यले फागुण २१ गते शनिबार ललितपुरमा बृहत अन्तक्र्रियात्मक गोष्ठी हुने भएको छ ।

बौद्ध विहार संघ ललितपुरले पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा दुई दिने गोष्ठी गर्न लागिएको विहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । गोष्ठीको विषय नेपाल मण्डलको बहाःबहीको इतिहास, संस्कृति र अभ्यास बौद्ध संगोष्ठी राखिएको छ ।

‘लिच्छिविकालीन र मल्लकालीन बौद्ध विहारको इतिहास सम्बन्धी नेपालीहरुले लेखेका पुस्तक कमै मात्र छन् ।विभिन्न समयमा प्रकाशित पुस्तकहरु पनि अहिले बजारमा पाउन छाडिसकेको छ। त्यसैले बहाःबहीको इतिहास, संस्कृति र अभ्यास सम्बन्धी प्रमाणिक, विवरणात्मक र व्याख्यात्मक पुस्तक तयार गर्ने जमर्को गरी सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ वरिष्ठ उपाध्यक्ष करणा बज्राचार्यले भन्नुभयो।

गोष्ठीमा प्रस्तुत कार्यपत्र र त्यस बारे हुने छलफललाई समेटिएर पुस्तकको स्वरुप दिने संघको लक्ष्य रहेको छ । गोष्ठीमा लिच्छिविकालीन नेपाल मण्डलमा बहाः बहीको इतिहास, मध्यकालीन नेपालमण्डलमा बहाःबहीको इतिहास,बहाःबहीमा प्रचलनमा रहेको त्रियान परम्पराको दार्शनिक पक्ष,बहाःबहीको कला, बहाःबहीको दीगो संरक्षण लगायत गरी १० वटा कार्यपत्र प्रस्तुत गरिने कार्यसमिति सदस्य ज्ञानेन्द्र शाक्यले बताउनुभयो ।

‘इतिहास, संस्कृति र दर्शनको केन्द्रमा रहेको बौद्ध विहारको संरक्षण गर्न आधुनिक पुस्ताले यस सम्बन्धी जानकारी पाउन आवश्यक छ । यसको संरक्षण गर्नु भनेको मानव सभ्यता, संस्कृति संरक्षण गर्नु हो ।यस सम्बन्धी पठन संस्कृति विकास गर्ने उद्देश्य पनि गोष्ठी मार्फत लिइएको हो । ’ गोष्ठीका संयोजक गौतममुनि बज्राचार्यले बताउनुभयो ।

सो अवसरमा संघका उपाध्यक्ष सुरेन्द्र बज्राचार्यले इतिहास, दर्शन,संस्कृति सम्बन्धी रुचि भएका जोसुकैले पनि गोष्ठीमा भाग लिन सकिने भन्दै त्यस सम्बन्धी रुचि हुने सर्वसाधारणलाई सहभागिता जनाउन आग्रह गर्नुभयो ।

Categorized in उपत्यका
ppp 2