relans
ni new 83
nib 2082 5

मेलम्चीको पानी आगामी चैतभित्र काठमाडौँमा ल्याइने

Janjati Khabar | २०७८ माघ १४, शुक्रबार


खानेपानी उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    आज आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुग्नुभएका मन्त्री चौधरीले चिनीया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषय समेत रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिनुभयो ।

    परीक्षणको रुपमा सो आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पु¥याएपछि आयोजनाको पुनःनिर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनःसञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  

    नेपालको संविधानको धारा ३५९४० बमोजिम प्रत्येक नेपाली नागरिकलाई शुद्ध खानेपानी र सरसफाइ सेवाको पहुँचलाई मौलिक हकको रुपमा संरक्षण गरेअनुसार शुद्ध र गुणस्तरीय खानेपानी नेपाली नागरिकलाई उपलब्ध गराउने जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री चौधरीले मेलम्ची आयोजनाको पुनःस्थापना गरी काठमाडौँ उपत्यकावासीलाई यस वर्षभित्र मेलम्चीको पानी वितरण गरेरै छाड्ने दृढता जनाउनुभयो । उहाँले आयोजनाको पूर्णरुपमा सञ्चालन नभएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्याङ्कन गर्ने बताउनुभयो ।

    मन्त्री चौधरीको प्रत्यक्ष निर्देशनमा ठेकेदार कम्पनीबाट बाढीले मेलम्ची बजारदेखि हेडवक्र्स रहेको अम्वाथानसम्मको सडक क्षतिग्रस्त हुँदा आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा आजैदेखि डोजर र स्काभेटरले पहँच मार्ग निर्माण गर्न सुरु गरिसकेका छन् । मन्त्री चौधरीसँगै आज मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रजाचार्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको प्राविधिक टोली सम्मिलित रहेका थिए ।

Categorized in उपत्यका
ppp 2