STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ पौष २८, मंगलबार

    राजा नरेन्द्रदेव लगायतको गलत मूर्ति बनाइएपछि रिट : भूगोलपार्कमा मूर्ति नराख्न अन्तरिम आदेश

    काठमाडौं – लिच्छविकालीन राजा नरेन्द्रदेवलगायत नेपालमा बुंगम लोकेश्वर (रातो मछिन्द्रनाथ) भित्र्याउने ऐतिहासिक व्यक्तित्वहरुको मूर्ति भुगोलपार्कमा नराख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । ऐतिहासिक व्यक्तित्वहरुको गलत मूर्ति बनाइएको, सामान्य प्रतिमा लक्षणसमेत उल्लंघन गरी ऐतिहासिकता नष्ट हुने देखिएपछि सर्वोच्चमा रिट परेको थियो । गत पुस २० गते अधिवक्ता पद्मबहादुर श्रेष्ठ, कर्माचार्य समाजलगायतले...

  • २०७७ पौष २७, सोमबार

    काठमाडौं महानगर नगर सभाको अधिवेशनमा तीनवटा विधेयक प्रस्तुत

    काठमाडौं महानगर नगर सभाको आठौं अधिवेशन आज सोमबारबाट सुरु भएको छ । आज सुरु भएको अधिवेशनमा तीन ओटा विधेयक पेश गरिएको छ । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक– २०७७’ पेश भएका हुन् ।  ती विधेयकहरु विभागीय प्रमुखहरु...

  • २०७७ पौष २७, सोमबार

    ११औं नेवाः एकता दिवस खोकनामा मनाइने

    काठमाडौं – दश वर्षअघि दशरथ रंगशालामा नयाँ संविधानमा नेवाः स्वायत्त राज्य घोषणा गरिनुपर्ने मागसहित नेवार आन्दालनले नेवाः स्वायत्त राज्य घोषणा गरेको दिनको सम्झनामा वर्षेनी नेवाः एकता दिवस मनाउँदै आइरहेको छ । नेवाः देय् दबूलगायत विभिन्न संघसंस्था समाविष्ट आयोजकले यस वर्षको एघारौं नेवाः एकता दिवस यही माघ ९ गते खोकनामा मनाउने निर्णय गरेको छ । खोकनामा जुलुस एवं प्रदर्शन गरेपछि एक सभाको आयोजना गरिने...

  • २०७७ पौष २७, सोमबार

    छ्याकते ढुंगामा 'पृथ्वीनारायण शाह'लाई थुक्न प्रहरीले रोके

    हरेक वर्ष पृथ्वी जयन्तीका दिन कीर्तिपुरको छ्याकः ल्वहं (छ्याकते ढुंगा)मा कीर्तिपुरबासीहरुले थुक्दै आइरहेका छन् । पृथ्वीनारायण शाहले क्रूर तवरले आक्रमण गरी कीर्तिपुरलाई जितेको विरोधमा कीर्तिपुरबासीले सो छ्याकः ढुंगामा वर्षेनी थुक्दै आइरहेको हो । यसैक्रममा आज सोमबार पृथ्वी जयन्तीको दिन पारेर छ्याकः ढुंगामा स्थानीयबासीलाई थुक्नबाट रोक लगाउन प्रहरी तैथान गरिएको छ । जसको कारण आज कीर्तिपुरबासीले सो...

  • २०७७ पौष २५, शनिबार

    अनाथ बालबालिकाको लागि कीर्तिपुरमा बा फाण्डेशन

    कीर्तिपुर – अनाथ बालबालिकाको लागि सामाजिक संस्था बा फाउण्डेशन खोलिएको छ भने आज एक विशेष कार्यक्रमबीच सो फाण्डेशनको लोगो सार्वजनिक गरिएको छ । कार्यक्रममा एचआईभी पीडित बालबालिकाको संरक्षणमा लागिरहेको कीर्तिपुरको बेबी लाइफ होमलाई ५० हजार नगद आर्थिक सहयोगसँगै खाद्यान्न पनि सहयोग गरिएको छ भने एचआईभी पीडित २७ जना बालबालिकालाई गुड्डी ब्याग पनि वितरण गरिएको छ । कीर्तिपुरको ससः दि नेवाः टोलमा भएको सो...

  • २०७७ पौष २४, शुक्रबार

    पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा गरिने

      पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । यही...

  • २०७७ पौष २३, बिहिबार

    काष्ठमण्डप पुनर्निर्माण आउँदाे वैशाखसम्म सकाइने

    काठमाडौं – काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ। बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ।  निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ। त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए। निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट...

  • २०७७ पौष २२, बुधबार

    काठमाडौँको हिलो–धुलोमुक्त अभियानले मुर्तरुप प्राप्त गर्नेछ - मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै  मेयर   शाक्यले यस्तो बताउनु भएको हो । समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख...

  • २०७७ पौष १६, बिहिबार

    पूर्वराष्ट्रपतिबाट तेज–तीर्थ पुरस्कार वितरण

    काठमाडौं – पूर्वमन्त्री एवं नेवार अगुवा नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलद्वारा गठित ‘तेज–तीर्थ’ पुरस्कार आज बिहीबार गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा वितरण गरिएको छ । प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्र र संविधान रक्षाको लागि लाग्न सबैमा आह्वान गर्दै असंवैधानिक रुपमा भएको संसद् विघटनले नेपालको राजनीति खाडलमा परेको बताउँदै अब...

  • २०७७ पौष १६, बिहिबार

    ज्यापु दिवस मनाउन सरकारले आर्थिक सहयोग गर्ने

    काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ज्यापु संस्कृति विकास कोषलाई ज्यापु दिवस मनाउन आर्थिक सहयोग दिने वचन दिएका छन् । १७ औं ज्यापु दिवसको अवसरमा बुधबार भएको एक कार्यक्रममा पोखरेलले ज्यापु दिवस मनाउन राखिएको अक्षयकोषमा ६० लाख रहेकोमा त्यसै कोषमा थप गरी १ करोड पु¥याउने वचन दिएका छन् । बुधबार योमरि पूर्णिमाको दिन काठमाडौंको सभागृहमा ज्यापु दिवसको अवसरमा भएको विशेष कार्यक्रममा प्रमुख अतिथिको...

  • २०७७ पौष १५, बुधबार

    काठमाडौंमा मोनोरेल कुदाउन नसकेको कुरा मेयर शाक्यले स्विकारे

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो र उहाँले मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि आफ्नो कार्यकाल स्वर्णयुग हो भनि   भन्नु भएको छ ।   मेयर शाक्यले सम्पदा संरक्षणकै लागि हरेक जात्रा–...

  • २०७७ पौष १५, बुधबार

    दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरी एउटा देऊ....

    काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् । नेवार समुदायमा...

Pages