उपत्यका
-
२०७८ भाद्र १५, मंगलबार
काठमाडौंको फोहर भोलिदेखि उठ्ने
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दुई हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलिदेखि उठाउने भएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडाँैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको हो । करिब दुई हप्तादेखि उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । कामपासहित उपत्यकाका १८ स्थानीय तहको...
-
२०७८ भाद्र १४, सोमबार
नामसंगीति पर्वकोको निरन्तरताको लागि ललितपुर– १६ वडाबाट आर्थिक सहयोग
नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई पाँच लाख रुपियाँ प्रदान गरेको छ । ललितपुरको नकबहीलस्थित पाटीमा नामसंगीति पाठसंगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य, पञ्चबज्र बज्राचार्य र विजय महर्जनले संघका महासचिव दिनेश शाक्यसहित संघका पदाधिकारीलाई संयुक्त रुपमा पाँच लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । यल...
-
२०७८ भाद्र १४, सोमबार
महानगरपालिकाले शहरको बाटोमा फोहोर नफाल्न गरे अनुराे
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताउनु भएको छ । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । मेयर शाक्यले केही दिनदेखि वर्षाका कारण...
-
२०७८ भाद्र १३, आइतबार
मंगलबार रत्नपार्कदेखि सिसडोलसम्म सरसफाई पैदल यात्रा, सरकारलाई सांकेतिक रुपमा विरोधको उदाहरणीय यात्रा
केही दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकी ठाउँ ठाउँमा फोहोरका डुंगुरहरुले वातावरण दुषित बनाई रहेको अवस्था छ । उपत्यकाका ती फोहोरहरु काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र अन्य नगरपालिकाले विसर्जनस्थल अर्थात् ल्याण्ड फिल साइड सिसडोलमा विसर्जन गर्न नसकिरहेको अवस्था छ । महानगरपालिकाले सिसडोल पुग्ने सतक बिग्रेका कारण त्यहाँसम्म फोहोर फाल्ने सवारीसाधनहरु जान नसकेका...
-
२०७८ भाद्र ११, शुक्रबार
आज पाटनमा नरसिंह जात्रा मनाइँदै
ललितपुर - काठमाडौँ उपत्यकाका तीन सहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटन नगरीमा आज नरसिंह जात्रा मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका अवसरमा उपत्यकाका आदिवासी ब्राह्मणका रूपमा परिचित देव ब्राह्मण समुदायले पाटनमा सो जात्रा गर्ने परम्परा रहँदै आएको छ । ललितपुर महानगपालिका–२० गाबहाल निवासी वलानिम्ह गुठीका ७९ वर्षीय कोमलेशानन्द राजोपाध्यायको घरबाट यस वर्ष नरसिंह जात्रा निकालिने राजोपाध्याय समाजका...
-
२०७८ भाद्र ९, बुधबार
उपत्यकाको फोहर अझै एक साता नउठ्ने
काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ। विगत ११ दिनदेखि फोहोर संकलन रोकिएपनि यो समस्या तत्काल समाधान नहुने भएको हो । बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको निर्माण नसकिएकाले अझै एक सातासम्म फोहोर व्यवस्थापन नहुने भएको छ । यसअघि उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्ने गरेको र सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले कठिनाई भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी...
-
२०७८ भाद्र ९, बुधबार
कर नतिर्नेका घर दैलोमा महानगरको माइकिङ्ग
घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर काठमाडौं महानगरपालिकाले आज सेवा रोक्का गर्ने सूचना टाँस गरेको छ । महानगरको राजस्व विभागले भदौ २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो । यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति/व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति/व्यवसायीको नाम सार्वजनिक गरेको थियो । राजस्व विभागका प्रमुख डा. शिवराज...
-
२०७८ भाद्र ८, मंगलबार
भाषा र लिपि संरक्षणमा हामीले जोड दिनुपर्छ : अष्टलक्ष्मी शाक्य
बागमती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवारहरुको संस्कृति, भाषा र लिपि संरक्षणमा जोड दिने बताउनु भएकी छिन्। नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले आज लखतीर्थ स्थित आफ्नो कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाक्यले भाषा र लिपि रहेमात्रै जातिको पहिचान रहने भन्दै यसमा मातृभाषा पत्रकारिताको योगदान धेरै रहने बताउनु भएकी हुन्। उहाँले नेवा: मात्र नभइ...
-
२०७८ भाद्र ८, मंगलबार
उपत्यकाकाे निषेधाज्ञा भदौ १६ सम्म लम्बियो, अब राति ८ बजेपछि सवारी चलाउन पाइने
कोभिड-१९ संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १६ सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो निर्णय अनुसार जारी निषेधाज्ञा भदौ ८ गतेसम्म कायम छ । नयाँ निर्णय अनुसार सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ...
-
२०७८ भाद्र ७, सोमबार
भक्तपुरमा सापारु मनाइँदै
भादगाउँ- दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ । भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ ।सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो । साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यहाँ सो पर्वको...
-
२०७८ भाद्र ७, सोमबार
उपत्यकाको निषेधालाई निरन्तरता दिइने, आज निर्णय हुँदै
काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा आज सरोकारवालासँग छलफलपछि निर्णय हुने उनले बताए । संक्रमण बढेको भन्दै यसअघिबाट राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक...
-
२०७८ भाद्र ६, आइतबार
गाइजात्राको दिन कीर्तिपुरमा ‘धेंधेंपापा नाच’ हुने
कोरोना भाइरस कोभिड १९ महामारी त्रासका कारण गत वर्ष पनि स्थगित भएको कीर्तिपुरको ऐतिहासिक धेंधेंपापा नाच यस वर्ष हुने भएको छ । यस वर्षको धेंधेंपापा नाच संचालन गर्ने जिम्मा कीर्तिपुर नगरपालिका ३ वडास्थित चाफल टोलको रहेको छ । कोरोना महामारी र लकडाउनका कारण नाच प्रदर्शन गर्ने नगर्ने अन्यौलतालाई अन्त्य गर्दै नाचसंग सम्बन्धित व्यक्तिहरुको रोहबरमा बैठक बसी सापारु अर्थात् गाईजात्राको दिन सोमबार उक्त...


