STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यालय सञ्चालन गर्दा जोखिम अनुगमन पालिकाको जिम्मामा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २७, आइतबार

काठमाडौं - कोरोना सङ्क्रमणको जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न बसेको काठमाडौं जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक सकिएको छ ।

बैठकले जिल्लामा कोभिड परीक्षणको दायरालाई वृद्धि गर्दै लैजाने, स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खोपको विस्तारमा जोड दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

बैठकले असोज १ गतेबाट विद्यालय सञ्चालन गर्दा पालिकाले जोखिमलाई मध्यनजर गर्नुपर्ने र शिक्षक, सवारी चालक, सहचालक, चौकिदार सबैले अनिवार्य रुपमा खोप लगाएको हुनुपर्ने निर्णय भएको उनले बताए । जसको अनुगमन सम्बन्धित पालिकाले गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले रात्रिकालीन व्यवसायमा अनुगमन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको पनि उनले बताए । बैठकमा जिल्लाका सबै स्थानीय तहका प्रमुखको उपस्थिति रहेको प्रजिअ रिजालले बताए ।

Categorized in उपत्यका