STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पशुपतिनाथको मूल मन्दिर बन्द

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ५, बुधबार

५ माघ, काठमाडौँ - काठमाडौं उपत्यकामा कोरोनाभाइरस तीव्र गतिमा बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द गरिएको छ । आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर बन्द गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नित्य पूजाबाहेक अरू सबै पूजा बन्द गरिएको जानकारी दिए ।

‘‘अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका छौँ । कोरोना महामारी तीव्र गतिमा फैलँदा भिडभाडजन्य गतिविधि रोकथाम गर्न मन्दिर बन्द गरिएको हो,” कार्यकारी निर्देशक खतिवडाले भने ।

Categorized in उपत्यका