STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण ज्यापु समुदायको कारण भएको प्रधानमन्त्रीको उदघोष

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर १२, आइतबार

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको उदघोष गर्नु भएको छ । 

१८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीहरुसँगको छलफलमा उहाँले सो कुरा भन्नुभएको हो । 

यहि आउँदो पुष ४ गतेका दिन बसन्तुपुरमा भव्यताका साथ मनाउन गइरहेको ज्यापु दिवसमा सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरुप बाजागाजासहति माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी कोषका अध्यक्ष मंगलकृष्ण सिंले परम्परागतरुमा निमन्त्रणा दिनुभएको थियो । 

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय शितलनिवास पुगेका थिए । 

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्यकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो । 

यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक विदा दिंदै आइरहेको यःमरिपुन्हि÷ज्यापुदिवसको पर्व विदा विगत दुईवर्षदेखि सम्बन्धि जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक विदामा परिणत गर्नको लागि सम्माननीय प्रधानमन्त्रीको समक्ष अुनरोध गर्नुभएको छ ।

Categorized in उपत्यका