STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालअधिकारको विषयलाई राष्ट्रिय गौरवको विषय बनाउनु पर्नेमा जोड

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर १२, आइतबार

विश्वबालदिवस २०२१ र सिविन नेपालको ३४औ वार्षिकोत्सवको अवसरमाआयोजना गरिएको विशेष समारोहमा वक्ताहरूले बालबालिकाकाविषयलाई राष्ट्रिय गौरवको विषयबनाउनु पर्नेमा जोड दिनु भएकोछ ।उहाँहरूले जनसंख्याको झण्डै आधा हिस्सा ओगट्ने बालबालिकालाई विकासको मूलधारमा ल्याउनकालागि उनीहरूका मुद्धाहरूलाई उच्चप्राथमिकतामा राखिनु पर्ने समेत बताउनु भएकोछ ।

कार्यक्रमकाप्रमुखअतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानवअधिकार आयोग अन्तर्गत चाइल्ड डेस्क स्थापना र संचालनगर्ने प्रक्रियाअगाडि बढिरहेको जानकारी दिनुभयो । 

विशेष कार्यक्रमममाबोल्दै सिविन नेपालका संस्थापक अध्यक्ष एवम् वरिष्ठ मानवअधिकारकर्मी गौरी प्रधानले बालबालिका सम्बन्धी १० वर्षिय रणनीतिक कार्ययोजना छिटो ल्याउनअतिआवश्यक रहेको औंल्याउनु भयो । 

महिलाबालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाईंले बालबालिकासम्बन्धी राष्ट्रिय नीति अन्तिमचरणमा पुगेको र लगतै बालबालिकासम्बन्धी१० वर्षिय रणनीतिक कार्ययोजनाजारी गर्ने क्रममा रहेकोले यसलाई थप परिष्कृत बनाउन सुझाव सल्लाहको अपेक्षा रहेको बताउनुभयो । 

गैर सरकारी संस्थामहासंघ नेपालकाकोषाध्यक्ष विष्णु थकालीले सामाजिकविकास ऐन बनेको खण्डमा गैरसरकारी संघसंस्थाअनिनागरिक समाजलाई कामगर्न सजिलो हुने विचार राख्नुभयो । 

विशेष कार्यक्रममा, बालिकातथाकिशोरीको संरक्षण, सशक्तीकरणमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय किशोरी सञ्जाललाई यो वर्षको सिविन सम्मान प्रदान गरिदएको थियो । सम्मान ग्रहण गर्दै संजालकी अध्यक्ष ललितातामाङ्गले  बालबालिकाआफ्नो लागिआफै बोल्न सक्छन् मात्रअभिभावकको मार्गनिर्देशनचाहिएको बताउँदै सिविन–नेपालले सो अभिभावकत्वलिइरहेको विचार ब्यक्तगर्नु भयो ।

कार्यक्रममा, सिविन नेपालमागएको १० वर्षदेखि अनवरत कार्यरत सातजनाकर्मचारीलाईसम्मानसमेत गरिएको कुरा सिविनका  प्रवक्ता  कुमार भट्टराईले बताउनु भएको थियो ।

Categorized in उपत्यका