STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नव प्रतिष्ठापित श्री गणेश र श्री भैरवकाे राष्ट्रप्रमुखबाट संकल्प पूजा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १, शुक्रबार

राजा जयप्रकाश मल्लकाे पालादेखि प्रचलनमा रहेकाे येँया इन्द्रजात्राकाे मूख्य जीवित देवी र देवता श्री कुमारी, श्री गणेश र श्री भैरवकाे आज राष्ट्रप्रमुखबाट संकल्प पूजा सम्पन्न गरिएकाे छ ।  शाक्य महाविहार संघ काठमाडाै‌को संयाेजनमा    नव प्रतिष्ठापित  श्री गणेश र श्री भैरव संकल्प पूजाकाे लागि   सम्पूर्ण पूजा सामाग्री  राष्ट्रप्रमुख राष्ट्रपति विद्या देजी भण्डारी  कहाँ लगिएकाे थियाे । त्यहाँ पूजाकाे  संकल्प सकेपछि गणेश र भैरवलाई बसन्तपुरकाे कुमारी घर ल्याइएकाे थियाे । तत्पश्चात तीनै जीवित देवी र देवताकाे पूजा कुमारी घरमा सम्पन्न गरियाे । 

परापूर्वकाल देखि एतिहासिक साँस्कृतिक पर्वकाे रुपमा येँयाः काे अवसरमा रथमा विराजमान गराई जात्रा गरिने वर्तमान राष्ट्रिय जीवित देवताहरु श्री गणेश (संवेग शाक्य) तथा श्री भैरव (रुजन शाक्य) लाई समय परिस्थिति र उमेरकाे हदका कारण युवा अवस्थामा प्रवेश गरेकाले नियमानुसार उहाँहरुकाे विदाई गरी नयाँ प्रतिष्ठापित गर्न शाक्यहरुकाे १६ महाविहारहरुमा सूचना प्रवाह गरीएको कुरा शाक्य महाविहार संघका अध्यक्ष शुभकाजी शाक्यले बताउनु भयो । उहाँले जानकारी दिनु भए अनुसार यसरी स‌ंकलन हुन आएका शाक्य कुलपुत्रहरुकाे प्राप्त निवेदन र चिनाकाे आधारमा पंचा‌ङ्ग निर्णायक समितिकाे समेतकाे सिफारिस बमाेजिम देशकाे अवस्थासंग मेल खाने  गुणदाेष, लक्षण र नक्षत्रकाे आधारमा भाष्कर देव संस्कारित केशचन्द्र कृत पारावर्त महाविहार इतुंबहालका शाक्य कुलपुत्र राेदिन शाक्यलाई नव प्रतिस्थापित श्री गणेशकाे रुपमा  वि सं २०७७ पाैष ३ गते र नव प्रतिस्थापित श्री भैरवकाे रुपमा कीर्तिपूण्य महाविहार काेहिती बहालका शाक्य कुलपुत्र कर्सनव शाक्यलाई वि सं २०७७ पाैष ४ गतेका दिन विधिवत रुपमा प्रतिस्थापन गरिएकाे कुरा संघका महासचिव संघरत्न शाक्यले बताउनु भयो ।  विहिबार सम्पन्न संकल्प पूजाकाे अवसरमा आमन्त्रित सबैलाई प्रसाद उपलब्ध गराइएको थियो । साे अवसरमा  पूर्व मन्त्री  कृष्ण गाेपाल श्रेष्ठ   , काठमाडाै‌ महानगरपालपकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी ,  बागमती प्रदेशका सांसदहरु राजेश शाक्य, अजय क्रान्ति शाक्य, शाेभा शाक्यका साथै अन्य गन्यमान्य व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।

Categorized in उपत्यका