STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चःमति आयोजना क्षेत्रमा ध्यान पार्कको शिलान्यास सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ३, आइतबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार चःमतिमा एक ध्यान पार्कको शिलान्यास गर्नुभएको छ ।

वडा १५ स्थित चःमति जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको एक कार्यक्रमका बीच उहाँले पार्कको शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि मेयर शाक्यले आयोजनाका काम सकेर ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोविडका कारण केही महिना पछि सरेको बताउनुभयो र आफू निर्वाचित भएपछि दुई बर्षभित्र आयोजनाको काम सक्ने भनेकोमा लक्ष्य गरेअनुसार काम पनि हुँदै थियो तर त्यस बीचमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडका कारण केही महिना ढिला भएको छ खुलाए । बाँकी भएका आयोजनाहरुका  काम पनि अधिकांश सकिएकाले उपभोक्ताको जागरुकताले प्राप्त गरेको उपलब्धीलाई उपभोक्ताकै हातमा सुम्पिन अन्तिम तयारी गरिरहेका छौँ भनि भन्नु भयो ।

पार्क ५५ लाख २२ हजार ४२० रुपैयाँ लागतमा निर्माण हुँदैछ भने यसको १५ प्रतिशत अर्थात् ८ लाख २८ हजार ३६४ रुपैयाँ उपभोक्ताले व्यहार्नेछन् । बाँकी ८५ प्रतिशत महानगरपालिकाले व्यहोर्ने  योजना  छ ।  

कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले  ०५८ सालमा सुरु भएको योजनाले ०७४ सालपछि मात्र गति लिन भइता पनि यसको हस्तान्तरण पनि समयमा  नै गछौँ  भनि भन्नु भयो र उहाँले हामीले हाम्रो जिम्मेवारी पूरा गर्दैछौँ र यसको दिगो व्यवस्थापनमा स्थानीय उपभोक्ताहरुकै भूमिका हुन्छ भनि भन्नु भयो ।

महानगरपालिकाका पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करीव १४ आना जग्गामा पार्क निर्माण हुनेछ भने मौलिक र परम्परागत शैलीमा निर्माण हुने पार्कभित्र प्रवेश गरेपछि आध्यात्मिक भाव पैदा हुने खालको बनाइनेछ । चःमति जग्गा विकास आयोजनाका प्रमुख रामबाबु महतोकाअनुसार यस क्षेत्रमा १४ प्रतिशत उपभोक्ताको मात्र जग्गा फिर्ता दिन बाँकी छ ।

टोलमा आध्यात्मिक पार्क निर्माण भए पनि सामाजिक अपराधमा कमी आउने अपेक्षा सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन के. सी. ले आफ्नो धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा जनमार्ग टोलसुधार समितिका अध्यक्ष जगदीश्वरलाल श्रेष्ठ, चःमति ज्ञानमाला भजन खलःका उपाध्यक्ष पूर्णकाजी ज्यापूले आयोजनाबाट पछिल्लो समयमा प्राप्त भएको उपलब्धीको प्रशंशा गर्नुभयो ।  

पार्क आउँदो माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Categorized in उपत्यका