STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिका लाई ७८ अङ्क प्राप्त

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २, शनिबार

देश संघीय शासन पद्धतिमा गइसकेपछि गत वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि’ का प्रावधान बमोजिम   गरिएको संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ ।  यसका लागि काठमाडौँ महानगरले आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपाल पोखरेललाई फोकल पर्सन तोकेको थियो । 

यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन गरेको  थियो । 

महानगरले बागमती प्रदेश सरकारको सुशासन केन्द्रबाट आएका प्रतिनिधिको सहजीकरणमा आ. व. ०७६/०७७ मा सम्पादन गरिएका कामको मूल्याङ्कन गरिएको हो । फोकल पर्सन पोखरेलका अनुसार यो मूल्याङ्कन भनेको मुलत स्थानीय सरकार सञ्चालन ऐन ०७४ का व्यवस्था कार्यान्वयनको अवस्था हो भन्ने बुझिन्छ । 

स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्व—मूल्याङ्कनको प्रबन्ध गरिएको हो भने स्थानीय तहको तुलनायोग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा हो । 

कार्यविधिले व्यवस्था गरेबमोजिम ३ तहका समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिलाई सूचकका रुपमा राखिएको छ । फोकल पर्सन पोखरेलकाअनुसार यी सूचकमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अङ्क भार राखिएको छ । 

स्व—मूल्याङ्कनका लागि १० वटा विषय क्षेत्र राखिएका छन् भने यी विषय क्षेत्रभित्रका १०० वटा उपक्षेत्रमा र अवस्था १, २ र ३ गरेर १०० अङ्क भारमा मूल्याङ्कन गरिएको हो । 

१० वटा विषय क्षेत्रहरुमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय हुन् ।  

महानगरको प्राप्त परिणामका बारेमा सुशासन केन्द्रका बिज्ञ सिपी सिग्देलले बताउनु भए अनुिार ७८ अङ्क प्राप्त गर्नु भनेको उत्कृष्ट नतिजा हो भन्ने देखिन्छ  तर, सूचकले मागेका कागजपत्र उपलब्ध छन् कि छैनन्  भन्ने आधारमा  एक पटक तथ्य पुनःजाँच गरेपछि प्राप्ताङ्कको विश्लेषण गर्न सकिने कुरा पनि उहाँले बताउनु भयो ।

Categorized in उपत्यका