STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खुकुलाे बनाएर निषेधाज्ञा एक हप्ता थपियो

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३०, आइतबार

काठमाडौं - कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। बिहान ११ बजेसम्म खाद्यान्न पसल  र पुस्तक पसल खोल्ने पाइनेछ। यस्तै हाडवेयर पसल अपरान्ह ४ बजेपछि खुला हुनेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिविधि गर्न, कलकारखाना र व्यवसायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

 

Categorized in उपत्यका