उपत्यका
-
२०७७ फाल्गुण १५, शनिबार
इतुम्बहाःमा देवाद्यः छेँको पुनर्निमाण सम्पन्न
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा अवस्थित श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् । मेयर शाक्यले उद्घाटनपछि मूर्त/अमूर्त अभियानअन्तर्गत आपनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले...
-
२०७७ फाल्गुण १४, शुक्रबार
अन्यायपूर्ण सडक विस्तारकाे विराेधमा प्रदर्शन (तस्बिरसहित)
काठमाडौँ – सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै काठमाडाैं उपत्यकाका स्वबासी पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देय् दबू लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको...
-
२०७७ फाल्गुण १२, बुधबार
पशुपतिमा जलहरी नराख्न सर्वोच्चको आदेश
काठमाडौं – सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । पशुपतिमा जलहरी राख्ने निर्णय विरुद्व प्रदेशसभा सांसद नरोत्तम वैद्यले रिट दायर गरेको गरेका थिए । यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै...
-
२०७७ फाल्गुण १२, बुधबार
विवादबीच पशुपतिनाथमा सुनको जलहरि राखिँदै
काठमाडौँ – विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो । बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सुनको जलहरि राख्ने कार्यक्रममा...
-
२०७७ फाल्गुण १२, बुधबार
नेपालभाषा पठनपाठनका लागि १७२ शिक्षक
काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ््यपुस्तक तयार गरेको भए पनि हाल...
-
२०७७ फाल्गुण ११, मंगलबार
पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न
देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यहि क्रममा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । चैत महिनाको केन्द्रिय साधारणसभा अघि देशभरका २४ जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा कार्यक्रम भइरहेको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित...
-
२०७७ फाल्गुण ११, मंगलबार
पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडाैँ – सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट...
-
२०७७ फाल्गुण १०, सोमबार
मातृभाषाको माध्यमबाट भइरहेको पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न
फेब्रुअरी २१ तारीखको दिनलाई संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउँदै आईरहेको छ भने सोही अवसर पारेर आईतबार नेवाः पत्रकार राष्ट्रिय दबूले नेपालभाषाको पत्रकारिताको वर्तमान स्थीतिलाई लिएर काठमाडौंमा आयोजना गरेको छ भने सो अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचारकर्मिहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार...
-
२०७७ फाल्गुण ५, बुधबार
खुल्लामन्चलाई खुल्ला गर्न डोजर चल्यो
काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले वीर अस्पताल र दरबार...
-
२०७७ फाल्गुण ४, मंगलबार
सत्यमोहन जोशी लोक साहित्य भवनको उदघाटन सम्पन्न
वाङ्मय शताब्दी पुरुष विशिष्ट संस्कृतिविद् डा. सत्यमोहन जोशीको निवास परिसरमा उहाँले नै प्रदान गर्नुभएको जग्गामा निर्मित सत्यमोहन जोशी लोक साहित्य भवन समुद्घाटन समारोह आज सम्पन्न भएको छ । प्रदेश सांसद ज्ञानेन्द्र शाक्य र विघटित प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जन द्वारा संयुक्त रुपमा उदघाटन गर्नु भएको हो । लोक साहित्य परिषदका अध्यक्ष प्रेमशान्ति तुलाधर को सभापतित्वमा सम्पन्न सो उदघाटन समारोहमा...
-
२०७७ फाल्गुण ४, मंगलबार
माधवनारायणका वर्तालुले गरे पनौतीमा पूजा आराधना
काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालु माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौतीमा राखेर पूजा आराधना गरेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शंखरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीन कालदेखिको परम्परा छ । आइतबार दिउँसो पनौती हिँडेका वर्तालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती...
-
२०७७ फाल्गुण ३, सोमबार
राजमानको नेतृत्वमा खपिन्छेँ टोल सुधार समिति
खपिन्छेँ टोल सुधार समितिको अधिवेशनले राजमान अवालेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । ललितपुरको ऐतिहासिक बस्ती मानिने खपिन्छेँ टोल सुधारको जिम्मेवारी राजमान अवालेको काँधमा आएको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा तुल्सी महर्जन र सचिवमा नेपालभाषाको कलाकारिता क्षेत्रका लोकप्रिय गायक तथा अभिनेता सुरज ब्यञ्जनकार रहनुभएको छ । यस्तै गरी कोषाध्यक्षमा...


