STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खुलामञ्चमा फेरि डोजर चलाएर बसपार्क समेत हटाउने तयारी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १, आइतबार

राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ ।  केही समय अघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आज आइतबार   पनि खुलामञ्चमा डोजर चलाएर थप संरचना भत्काएको छ । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै त्यो ठाउँ खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहि अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिनुका साथै अब त्यहाको अस्थायी संरचना पनि छिट्टै भत्काउँछौँ र खुलामञ्चलाई पुरै खुला गर्छौं भनि भन्नु भएको छ ।

काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य को निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।  दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको र  वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिनुभयो । ज्ञवालीले अस्थायी वसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्टै त्यसलाई समेत खुला गर्ने जानकारी दिनुभयो ।

Categorized in उपत्यका