STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा पढाउन लागेका होइनौँ, माध्यम मात्रै भाषा हो : मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २५, बुधबार

काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई सदाकालका लागि जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबु काठमाण्डौं ले महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको छ ।

उहाँहरुलाई अभिनन्दन गर्नुअघि उहाँहरुलाई ‘नेपा झीगु मांदेय् खः नेपालभाषा झीगु मांभाय् खः’ अर्थात ‘नेपाल हाम्रो आमा हो, नेपाल भाषा हाम्रो मातृ भाषा हो’ भन्ने नारा लेखिएका व्यानर र नेवार संस्कृति झल्किने बाजा–गाजासहित काठमाडौँका विभिन्न चोकको परिक्रमा गराइएको थियो । र्यालीपछि बसन्तपुर डबलीमा  औपचारिक कार्यक्रम गरी उहाँहरुलाई उप्रधानमन्त्री ईश्वर पोख्रेको प्रमुख आथित्यतामा सम्मान गरिएको थियो । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ  अतिथिको रुपमा सहभागी हुनु भएको थियो ।

अभिनन्दनपछि सम्बोधन गर्दै मन्त्री पोख्रेलले स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुखसहितलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालभाषाको पाठ्यक्रमलाई व्यवस्थित ढंगले लागु गर्नुपर्ने भन्दै सरकारको पनि पूर्ण समर्थन रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेयर शाक्यले यो चुनौतिपूर्ण काम भएको भन्दै केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गरेकोमा खुशी लागेको  बताउनुभयो ।
उहाँले नेपाल भाषा पढाउन भन्दा पनि माध्ययम नेपाल भाषा भएको स्मरण गराउनुभयो । उहाँले शुद्ध नेपाल भाषा नै पठान–पाठन गराउन नलागेको पनि बताउनुभयो ।  कार्यक्रममा उप्रमुख खड्गीले मेरो काठमाडौँ, हाम्रो काठमाडौँ भने जस्तै यहाँको भाषालाई पनि मेरो भाषा, हाम्रो भाषा भनि सिक्नुपर्छ भनेर स्थानीय भाषाको पठन–पाठन सुरु गरेको बताउनुभयो ।  

कार्यक्रममा सम्बोधन गर्ने क्रममा जनकवि दुर्गालाल लामो समयदेखिको सपना पूरा भएको भन्दै भावुक बन्नुभयो ।

उहाँले स्थानीय भाषाको पठन–पाठन बच्चाहरुको नैसर्गिक अधिकार भएको पनि स्मरण गराउनुभयो ।

कार्यक्रममा विभिन्न संघ–संस्थाहरुले पनि मेयर–उपमेयरलाई सम्पदा, संस्कृतिको संरक्षणमा लागेको भन्दै अभिनन्दन गरेका थिए ।

Categorized in उपत्यका