STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्ततिमा संस्कृति हस्तान्तरण

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ३०, सोमबार

नयाँ पुस्तामा साँस्कृतिक चेतना जागृत होस भन्ने उद्देश्यले    सिवाः साय्‌मि खलः संस्कृति विभागकाे आयाेजनामा भइरहेकाे बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमकाे समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयाे ।

२०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाच:ह्रे) देखि सुरू गरिएकाे बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१ चिल्लागा द्वादशी) बिहिवार थिमि-४ स्थित सिवाटाेलमा बाँसुरी बाजा प्रशिक्षणकाे समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

आठ महिनामा सकाउने लक्ष्य लिएर दिइएकाे बाँसुरी प्रशिक्षण काेभिड-१९ सँगै सरकारले जारी गरेकाे लकडाउनकाे कारणले बीचमा बन्द गरिएकाे थियाे भने जम्मा ४२ जना  बाँसुरी प्रशिक्षार्थीहरू  रहेकाे  कार्यक्रमका संयाेजक मनाेजलाल मानन्धरले जनाउनुभयाे ।

सो कार्यक्रममा प्रशिक्षण लिएका र दिएका भाजु/मयजुहरूलाई खलःकाे तर्फबाट सामुहिक सगुन (मंका सगं) दिइएकाे थियाे ।  नेवार संस्कारमा शुभकार्यकाे थालनी गर्न पञ्चतत्वसहितकाे सगुन दिने परम्परा रहेकाे छ । दहि, उसिनेकाे अण्डा, रक्सी, माछा लगायतका खाद्य बस्तु सम्मिलित गरेर सगुन दिइन्छ ।

बाँसुरी प्रशिक्षण धनकाजी भासिमा र बाद्यवादन प्रशिक्षण चयन्द्र भासिमा  अनि नृत्य प्रशिक्षण बालमुकुन्द प्रजापति र दिपक बज्राचार्यले दिनु भएको थियो भने बाँसुरी प्रशिक्षण कार्यक्रमकाे लागि युवा व्यवसायी पुष्पलाल मानन्धरले ठाउँ उपलब्ध गराउनु भएकाे हाे ।

थिमिको स्थानिय मानन्धर समुदाय र नगरपालिकाबाट आर्थिक व्यवस्थापन गरिएकाे सो तालिम को समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, मध्यपुर वडा नं. ४ र ६ का परिवार, जनप्रतिनिधि, नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष रचना श्रेष्ठ, महासचिव सुनिल महर्जन, सचिव के के मानन्धर, काेषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ  लगायत दबूका सहकाेषाध्यक्ष, सदस्यहरू र  केन्द्रीय मानन्धर संघबाट सहसचिव उदेन न्हूसायमि, भक्तपुर जिल्ला मानन्धर युवा संघका पदाधिकारी, मानन्धर युवा समूहका पदाधिकारी तथा पत्रकारहरूकाे बाक्लो उपस्थिति रहेको थियाे ।

Categorized in उपत्यका